Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तीन प्यानल निर्वाचनको मैदानमा

काठमाडौँ, फाल्गुन १९ गते । कांग्रेस नेतृत्वका लागि संस्थापन पक्षबाट दुईसहित उत्रने भएको छ ।images

कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानलको बुधबारै औपचारिक घोषणा हुँदैछ ।वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने बिहीबार या शुक्रबार मात्रै घोषणा गर्ने तयारीमा छ । स्रोतका अनुसार देउवाले ज्योतिष साइतअनुसार घोषणा गर्न लागेका कारण ढिलाइ हुने भएको हो ।

तीनै प्यानलमा कोषाध्यक्षको निर्णय भएको छैन । पौडेल नेतृत्व प्यानलमा बीपी–पुत्र शशांक कोइराला महामन्त्रीका उम्मेदवार हुने भएका छन् ।वरिष्ठ नेता देउवाले अर्जुननरसिंह केसी र सिटौलाले युवा नेता गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय लिएका छन् ।

देउवा पक्षको प्यानल घोषणा नहुँदै केसीले मंगलबारै महामन्त्री उम्मेदवारी घोषणा गरेका छन् । देउवा पक्षका महामन्त्रीका उम्मेदवार केसी र सिटौला पक्षका महामन्त्रीका उम्मेदवार थापा ससुरा–ज्वाइँ हुन् ।सहमतिको प्रयास असफल भएपछि संस्थापन पक्षबाट दुई प्यानल मैदानमा उत्रिएको हो ।

यसले पौडेल नेतृत्वको प्यानललाई अप्ठ्यारो पारेको छ भने देउवा पक्षलाई हौसाएको छ ।संस्थापन पक्षको ‘असली प्रतिनिधित्व’ आफूले गर्ने दाबी गर्दै सिटौलाले उम्मेदवारी दिने निर्णय गरेका हुन् । सिटौलालाई फकाउन मंगलबार दिनभर भएको प्रयास असफल भएपछि पौडेल नेतृत्वको संस्थापन पक्षले महामन्त्रीमा शशांकलाई उठाउने र कोषाध्यक्षमा पद्मनारायण चौधरी, सीतादेवी यादव र फरमुल्ला मन्सुरमध्ये एकलाई बनाउने निर्णय लिएको हो ।

पौडेल नेतृत्वको प्यानल बुधबार अपराह्न ४ बजे पार्टी कार्यालय सानेपा र सिटौला नेतृत्वको प्यानल बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा ३ बजे घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ । सिटौला प्यानलबाट कोषाध्यक्षमा उमाकान्त चौधरीलाई ल्याउने सम्भावना छ । तर, निर्णय भएको छैन ।

पदाधिकारीले संसदीय समिति, कार्यसम्पादन समितिमा प्रतिनधित्व गर्ने भएकाले कोषाध्यक्ष पदमा पनि धेरैको आकर्षण छ । वरिष्ठ नेता देउवाबाट कोषाध्यक्षमा बालकृष्ण खाँड, चित्रलेखा यादव, राधेचन्द्र यादव र पुष्पा भुसालको चर्चा छ । चर्चामा रहेका नाममध्येबाट निर्णय लिन देउवालाई जिम्मेवारी दिइएको छ ।

पार्टी्भित्र छुट्टै खेमा बनाएका नेता खुमबहादुर खड्का पक्षले भुसाललाई कोषाध्यक्ष बनाउन दबाब दिँदै आएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget