
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)लेविहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारले छलफल नै नगरी निर्णय लिएको भन्दै गुनासो गरेको हो ।
विद्यालयले सबै मापदन्ड पूरा गरेमामात्र शुल्क बृद्धि गर्न पाउने भन्ने सहमतिलाई निजी विद्यालय सन्चालकले बेवास्ता गर्दै आएका छन् ।
निजी विद्यालय सन्चालकले विद्यालयको मापदन्ड पूरा गर्न चासो देखाएका छैनन् ।
शिक्षा मन्त्रालयले सबै मापदन्ड पूरा गर्न फेरि ताकेता गरेपछि निजी विद्यालय सन्चालनकहरु आक्रोशित बनेका हुन् । शिक्षा मन्त्रालयले तीन वर्षभित्रमा सबै मापदन्ड पूरा गर्न भनेको छ ।
भूकम्पले सबै विद्यालय अस्तव्यस्त बनेको भन्दै निजी विद्यालयका सन्चालकले व्यवस्थित गर्न पाँच वर्षको समय मागेका छन् ।
सरकारले आफूहरुको माग पूरा नगरे आन्दोलनमा जाने उनीहरुको चेतावनी छ ।
Post a Comment