Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चुनाव जितेर देखाउ

झापा, फाल्गुन २८ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्ला गर्नेहरुलाई संसदमा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । आफूलाई कसैले टिका दक्षिणा गरेर प्रधानमन्त्री पद नदिएको भन्दै उनले कसैले इच्छा गर्दैमा सरकार परिवर्तन नहुने बताए ।

Kp-oliएमाले मेची अञ्चल समन्वय कमिटीले आयोजना गरेको मेची पर्यटन प्रवर्द्धन अभियानको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले भने-सरकार परिवर्तन कसैले इच्छा गरेर हुँदैन । त्यसका लागि संसदमा भोट जित्नुपर्छ ।’

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री कांग्रेसप्रति लक्षित गर्दै गणतन्त्र ल्याउने भनेर कसैलाई गणतन्त्रका पिता, कसैलाई संविधानका पिता भनेर पगरी गुथाएको तर, नेपालमा गणतन्त्र र जनताको संविधान नेकपा एमालेको अगुवाइमा भएको दाबी गरे ।

उनले झापा बिद्रोह गर्दा नै आफूहरुले राजतन्त्रको उन्मुलन र जनताको संविधान जारी गर्ने लक्ष्य राखेको दाबी गरे । ‘४५ बर्ष अघि हामीले रोपेको गणतन्त्र र जनताले बनाएको संविधानको बीउ बल्ल उपभोग गर्न पाइएको छ’ उनले भनेका छन् ।

झापा बिद्रोह गर्दा देखि नैसमृद्ध नेपालको सपना देखेको भन्दै उनले भने, ‘त्यही आन्दोलनको एउटा योद्धा प्रधानमन्त्री भएको बेला देश समृद्धीको बाटोमा नलगे अरु कसले देशलाई समृद्धीतिर लैजाला त ?’

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीको लाइनमा थपिन मात्र पदमा नगएको दाबी गरे । ‘म गाउँमा जन्मेको,गाउंको दुःख बुझेको मान्छे प्रधानमन्त्री छु’ ओलीले भने, ‘त्यस कारण गाउँका बासिन्दाका दुःख हटाउने गरीका कार्यक्रम र योजना ल्याउने कुरामा मेरो प्राथमिकता हुन्छ ।’

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget