
मलमुत्र खुवाईएको आरोपमा सुन्दरपुर गाबिस ५ का ४० बर्षीय देवका सदालाई प्रहरीले आईतबार साँझ पक्राउ गरेको छ ।
चैत्र ६ गते घरमा बसिरहेकी महिलालाई ४० वर्षिय देवका सदा र २४ बर्षीय सन्जय सदाले मलमुत्र खुवाएको प्रहरीले जनाएको छ ।
मलमुत्र खुवाएको आरोपमा देवकालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । भने मलमुत्र खुवाउने संन्जय सदा भने फरार रहेका छन ।
आरोपितद्धयले घरका परिवारका सदस्यलाई विरामी बनाएको भन्दै मलमुत्र खुवाएको पीडितको भनाईलाई उध्रित गर्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले बताए ।
घटना लगत्तै फरार भएका सन्जयको खोजीकार्य जारी रहेको डिएसपी रानाले बताए । पक्राउ परेका देवकालाई प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Post a Comment