
लिम्वुको पढाइमा समस्या भएको समाचार सार्वजनिक भएपछि बिद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर सहयोगकालागि रकम संकलन गरेका हुन् । उत्त रकम श्रोत स्तरिय प्रतिभा प्रदर्सन कार्यक्रममा सुक्रबार शिक्षक युनियनका अध्यक्ष छत्रपति प्याकुरेललाई बुझाइएको छ ।
प्याकुरेलले सनिवार लिम्वुलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । बिद्यार्थीहरुको कार्यक्रममा उनिहरुकै उपस्थितिमा दिने तयारी भएपनि सुवास जिल्ला बाहिर रहेकाले बिद्यालयले आज अध्यक्ष प्याकुरेललाई हस्तान्तरण गरेको हो । बिद्यालयका प्रिन्सिपल युवराज गिरिका अनुसार समाचार सुनेपनि कक्षा ७ का बिद्यार्थीले रकम संकलन अभियान चलाएका थिए । त्यसलाई ब्यवस्थित गर्न बिद्यालयले शिक्षक सहायक प्रधानाध्यापक अनिल भारतीलाई जिम्मेवारी दिएको थियो । कक्षा १ देखि १० सम्मकाले १० हजार १५ र २०६६ सालको एसएलसि ब्याजका बिद्यार्थीले ५ हजार उपलब्ध गराएका हुन् । त्यसको नेतृत्व रञ्जीत बोखिमले गरेका थिए । बिद्यार्थीले नेत्रहिन सुवासलाई सहयोग गर्न पाएकोमा गर्भको अनुभुती भएको जनाएका छन् । -
Post a Comment