
उच्चमाध्यमिक शिक्षा परिषद् नेपाल राष्ट्रिय कर्मचारी सङ्घको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उहाँले भारतसँग मात्र भर पर्दा पटकपटक नाकाबन्दी व्यहोर्नु परेकाले अब नाकाबन्दीको विकल्प नेपालले खोज्ने बताउनुभएको हो ।
उहाँले परिषद्का अस्थायी कर्मचारीलाई स्थायी गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा परिषद्का उपाध्यक्ष डा चैतन्य शर्मा, सदस्यसचिव नारायण कोइरालालगायतले परिषद्को विकासका लागि सबै कर्मचारी एक हुनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, गएराति सम्पन्न अधिवेशनले सङ्घको अध्यक्षमा नरेन्द्र ढकाललाई पुनः निर्वाचित गरेको छ । ते¥ह सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा भूपेन्द्र कार्की, महासचिवमा गोकुल खड्का, सचिवमा विकास घिमिरे, सङ्गीता केसी र श्रीराम न्यौपाने, कोषाध्यक्षमा गायत्रा सिवाकोटी र सहकोषाध्यक्षमा नवराज खड्का हुनुहुन्छ ।
Post a Comment