
तेह्रथुम जिल्लाको छथर आङदिम गाबिसका किसानहरुले पुख्यौली खेतीबाट राम्रो आम्दामी लिन नसके पछि ब्याबशायिक रुपमा तरकारीलाई मुख्य आम्दामीको श्रोतको रुपमा लिएको आङदिम ७ का डालेश्वर लिम्बुले बताउनु भयो ।
पुख्यौली रुपमा मकै कादो खेती गर्दै आएका यस क्षेत्रका किसानहरुले लगाएको बाली करिब ७ महिनाका मात्र थन्क्याउने बेला हुन्थ्यो । बालि लगाए पनि राम्रो आम्दामी लिन नसके पछि किसानहरुले तरकारी बालीलाई रोजका हुन । किसानहरुले आलु बन्दा काउली र मटरकोसा लगायतका तरकारीहरु खेती गर्दै आएका छन । यातायातको सुबिधा सँगै तरकारी बालीबाट राम्रो आम्दामी भए पछि अहिले किसानहरुले पुख्यौली बालीलाई छाड्दै गएको अर्का किसान पासाङ सेर्पाले बताउनु भयो ।
किसानहरुले ५ रोपनी देखी ५० रोपनी सम्म तरकारी खेती गर्दै आएका छन । किसानहरुले १० हजार देखी ४ लाख सम्म तरकारी बिक्रीबाट आम्दामी लिँदै आएको सेर्पाको भनाई छ । किसानहरुले उत्पादन गरेको तरकारी ब्यापारीहरुले बारी बाटै खरिद गर्ने गरेका छन ।
Post a Comment