Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विप्लवका भागी बिहे गर्ने छोरीज्वाइँलाई

काठमाडौँ, फाल्गुन ३० गते । माओवादी अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले भागी बिहे गरेकी छोरी ज्वाइँलाई औपचारिक कार्यक्रम गरेर बधाई दिएका छन् ।

Sanju-binod

चन्दकी छोरी सञ्जु चन्दले गत माघमा अमृत साइन्स क्याम्पसमा बिएसस्सी पढ्र्दै गएका सुनसरीका विनोद लुईंटेलसँग भागी बिहे गरेकी थिइन् ।

लुईंटेल विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका अस्कल अध्यक्ष समेत हुन् र उनको विप्लवसँग व्यक्तिगत चिनजान समेत थियो ।

तर, विप्लवको परिवारले विवाहको स्वीकृति नदिएपछि उनीहरुले भागी बिबाह गरे । विवाह भएको झण्डै डेढ महिनापछि दुबै परिवारको सहमतिमा औपचारिक कार्यक्रम भएको छ । बुद्धनगरमा भएको कार्यक्रममा माओवादी नेताहरुका साथै लुईंटेलका परिवारका सदस्यहरु समेत थिए ।

छोरी ज्वाइँलाई बधाइ दिएपछि कार्यक्रमलाई विप्लवले सम्बोधन पनि गरे । कार्यक्रममा सहभागी क्रान्तिकारी पत्रकार संगठनका उपत्यका संयोजक जन्मदेव जैशीका अनुसार विप्लवले सञ्जु विनोदको जोडीले क्रान्ति र परिर्वतनमा एउटा इँटा थप्ने काम गरोस् भन्दै बधाइ दिए ।

सम्बोधनका क्रममा उनी भावकु पनि भएका थिए र, गला समेत अवरुद्ध भएको एक सहभागीले बताए । यो कार्यक्रम विप्लवकै पहलमा भएको माओवादी नेताहरु बताउँछन् ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget