Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मलेसियामा २५८ नेपाली कामदार पक्राउ

काठमाडौँ, फाल्गुन ३० गते । मलेसियामा अवैध रुपमा कार्यरत २ सय ५८ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले सुुरु गरेको अवैधानिक पूर्नदर्ता कार्यक्रममा सहभागी नभएका नेपाली कामदार पक्राउ परेका हुन् ।

nepali-kamdar

गृहमन्त्रालयको निर्देशन अनुसार ६ सय ५४ वटा अप्रेसन चलाएर प्रहरीले १२ हजार ६ सय ५७ विदेशी कामदारको बैधानिकता परीक्षण गरिएको थियो ।

जसमध्ये ४ हजार १ सय १४ जना अवैध कामदार रहेको फेला परेको मलेसियन अध्यागमन विभागका महानिर्देशक सेरी सकिब कुस्मीले जानकारी दिए ।

नेपाली कामदारसँगै १ हजार २ सय २१ इन्डोनेसियन, १ हजार ७ सय ७७ बंगलादेशी, ४ सय ८ बर्मेली, ३ सय ३८ फिलिपिनो, १ सय ५२ थाइ, १ सय ३८ भियतनामी र १ सय ३२ जना पाकिस्तानी कामदार पनि पक्राउ परेको बेर्नामाडटकमले जनाएको छ ।

अवैध कामदारसँगै तिनका रोजगारदातालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ । यस क्रममा २ सय ५८ अवैध नेपाली कामदार पनि हिरासतमा पुगेका छन् ।

अवैधानिक विदेशी कामदार विरुद्ध कडा नीति लिने संकेत गरेलगत्तै ठूलो संख्यामा अवैधानिक विदेशी कामदार र उनीहरुका रोजगारदाता पक्राउ परेका हुन् ।

अवैधानिक कामदारलाई रोजगारी दिने १ सय १८ जना उद्योगी/व्यवसायी पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने रोजगारदातामध्ये १ सय १० जना मलेसियन छन् भने इन्डोनेसियाका ३ तथा पाकिस्तान, यमन, कम्बोडिया र बंगलादेशका एक-एक जना छन् ।

मलेसियाको अध्यागमन विभागको अगुवाइमा अैधानिक कामदार र मालिकहरु पक्रिने क्रम तीव्र भएको छ । शुक्रबार मात्रै मलेसियाले पुर्नदर्ता नगर्ने रोजगारदाता र अवैध कामदारलाई पक्राउ गरी कोर्रा हान्नेसम्मको सजाय दिने निर्णय गरेको थियो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget