
नदीले किमाथांका–७ हेमांथाङ्कातर्फ खेतीयोग्य जग्गा बगाएपछि नदी पुरानै दिशामा फर्काउन स्थानीय बासिन्दा जुटेका छन् । ‘हाम्रो बस्ती बगायो, पटक–पटक राज्यलाई जानकारी गराए पनि कुनै पहल भएन, किमाथांकाका नागरिक अगुवा तेन्छेबी शेर्पाले भने ।
यहाँका ८२ परिवारले रकम नै संकलन गरेर तटबन्धलगाउने तयारी गरेका छन् ।’ किमाथांकाबासीले पुस २४ गते सम्पन्न २४ औं गाउँ परिषद्बाट समेत पुँजीगत अनुदान रकमबाट नौ लाख ८७ हजार रुपैयाँ तटबन्ध निर्माणमा छुट्याएका छन् । ‘हामीलाई विकास चाहिएन, हाम्रो भूमि जोगाउनु पहिलो आवश्यकता हो’, भन्दै गाउँ परिषद्बाट रकम विनियोजन गरिएको शेर्पाले बताए ।
Post a Comment