
यसअघि अनुसन्धानको लागि दिइएको ५ दिने म्याद सकिएपछि आज पुन: उनलाई प्रशासनमा उपस्थित गराइएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको दरबारमार्गस्थित शाखामा रहेको लामाको ४ सय १४ नम्बरको लकरमा गोली भेटिएपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।
गैरकानुनी रुपमा अकुत सम्पति कमाएको अभियोगमा अख्तियारले लामाको बैंक लकर बन्द गरेको थियो ।
बन्द लकरलाई आइतबार आयोगको टोलीले लामालाई खोल्न लगाई चेक गर्दा गोली भेट्टिएको हो । लकर खोल्नुअघि अख्तियारका अधिकारीले लामालाई बयानका लागि आइतबार आयोगकै कार्यकक्षमा बोलाएको थियो ।
त्यसपछि उनलाई बैंकमा लगेर लकर खोल्न लगाएको थियो । लकरमा गोली भेट्टिएपछि अख्तियारले लामालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी कृष्णबहादुर पाली मगरलाई जिम्मा लगाएको थियो ।
विवादस्पद सांसद लामालाई दरबारमार्ग प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।
Post a Comment