
विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेपछि नेपाली काँग्रेस नेतृत्वमा प्रजातन्त्रका निम्ति सुरू भएको सशस्त्र सङ्घर्षमा तत्कालीन सुरक्षाफौजबाट मारिएका माइपोखरीका डाकमान राई, वीरबहादुर राई, गजबहादुर राई, कर्णबहादुर राई, सुलुवुङका उदयबहादुर साउदेनलगायत सहिदको सम्मान र स्मृतिमा बनाउने भनिएको पार्क बजेट नहुँदा अधुरै रहेको हो ।
शिलान्यासपछि धेरैले बिर्सिएको पार्क बनाउने योजनालाई मूर्तरूप दिन काँग्रेसले विसं २०६६ देखि प्रयास थालेको थियो । नेपाली काँग्रेसका होम दुलालका अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयको द्वन्द्वोत्तर पुनःनिर्माण कार्यक्रमअन्तर्गत आव २०६७÷०६८ मा छुट्टिएको रु सात लाख खर्च भइसकेको छ । त्यसपछि छुट्टिएको रु दुई लाख ५० हजार कामै हुन नसकी फिर्ता भएको छ ।
एकैपल्ट धेरै बजेट नछुट्टिने र कनिकाझँै थोरैथोरै छुट्टिने समस्याले निर्माणले गति लिन नसकेको हो जसले गर्दा, पहिले बनेका पूर्वाधार र संरचनासमेत भत्किने, नासिने अवस्थामा पुगेका छन् । पार्कप्रति अहिले काँग्रेसलेनै चासो देखाउन छाडेको स्थानीय बताउँछन् । अरू दलले समेत यसमा चासो दिएको पाइँदैन । “प्रजातन्त्रका लागि मरिमेट्ने सात सहिदको सम्मान र स्मृतिमा देउराली नजिकै पार्क शिलान्यास हुँदा स्थानीयमा जुन प्रकारको खुसी थियो तर अहिले खुसी हराएको छ, देउरालीका प्रेम नाछिरिङ राईले भन्नुभयो पार्क निर्माण हुन पुग्ने बजेट मन्त्रालयले नै नदिएकाले अधुरो अवस्थामै छ ।”
शिलान्यासताका जिविस सभापति रहनुभएका काँग्रेसका हरि खनालका अनुसार सरकारी तथा निजी गरी तीन रोपनी जग्गामा निर्माण थालिएको पार्क वरिपरि फूलबारी, बगैँचा, चौतारी र बीचमा सहिद स्तम्भ राख्ने योजना थियो । पार्कका लागि आवश्यक बजेट कहिल्यै छुट्याउन नसकेकाले पार्क निर्माण अधुरै रहेको हुनसक्छ, नेता खनालले भन्नुभयो “पार्क निर्माण कार्यलाई पूर्णता दिन सबै पक्षको सहयोग चाहिन्छ ।” पार्कको पूर्वतर्फ भित्तामा सिमेन्टको स्तम्भ ठड्याइए पनि त्यो सहिदको सम्मान गर्नसक्ने कलात्मक नभएको धेरैको गुनासो छ । रासस
- See more at: http://purbelinews.com/purbeli-news/20654#sthash.QvdnLme9.dpuf
Post a Comment