Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाल भ्रमण गर्न ह्यारीको आग्रह

'कृपया आउनुहोस फेरि पनि नेपाल भ्रमण गर्नुहोस' नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएकै दिन बेलायती राजकुमार ह्यारीले अन्तर्राष्ट्रिय समूदायलाई गरेको अपिल हो यो ।

19032016034019Prince_Harry5-1000x0

उनले संसारभरका नागरिकलाई यसप्रकारले अपिल गर्दै भूकम्पपछि नेपालको विकासका लागि हातेमालो गर्न यसरी आह्वान गरेका हुन् । उनले नेपालको प्राकृतिक सौन्दर्यको मुक्तकण्ठले प्रशंसा गर्दै यहाँ भ्रमणमा आउन सबैमा आग्रह गरेका हुन् ।

भुकम्पको खवरले दुखी बनेका ह्यारी (हेनरी चार्ल्स अल्वर्ट डेभिड) ले भुकम्प गएको एक बर्षस पुग्नै लाग्दा आफू नेपाल आएको र भूकम्पपीडित नेपालीको जीवन बारे अझै केही गरौ भनेर लागेकेा बताए ।

बैशाख १२ मा गएको विनासकारी भुकम्पबाट ९ हजार बढिले ज्यान गुमाएका थिए भने २२ हजार बढि घाइते भएका थिए । लाखौ नेपाली घरबार विहिन भएका छन् । उनीहरु अझै सामान्य जीवनमा र्फकन नसकेको अवस्था छ । सरकारले अझै राहत प्याकेज र पुर्नस्थापना कार्य अघि बढाउन सकेको छैन् ।

बेलायती राजकुमारले भुकममा परेका मृतक प्रति श्रद्धान्जली र घाइते प्रति साहस जगाउने शब्दहरु खर्चेका छन् । उनीहरुको वर्तमान अवस्था प्रति चासो समेत देखाए ।

उनी त्यस्ता नागरिक भेट्ने र नेपालको प्रचारको लागि विभिन्न क्षेत्रको भ्रमण समेत गर्नेछन् । विश्वका धेरै मानिस नेपाल भ्रमणको सम्झना गरेका हुन्छन् । नेपालको सौन्दर्यतामा नतमस्तक हुन्छन भन्दै भने, 'म आफु नेपालको सुन्दरता पुस्तकमा र टेलिभिजनमा हेरेर हुर्केको हु ।' नेपाली गोर्खासंग नै आफ्नो मित्रता रहेकोसमेत उनले बताए । गोर्खाहरु नेपालको पहिलो र प्रसिद्ध राजदूत हुन ।

गोर्खाको लगन, बहादुरी, मानवियता र संवेदनशिलताको उनले खुलेर प्रशंसा गरे । उनले नेपालमा असाधारण सैनिक जन्माउने बाबुआमालाई भेट्न पाउनेछु भन्दै संसारभरका कुनै पनि मानिसले नेपालीलाई विशेष स्थानमा राख्ने गरेको बताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दिएको स्वागत कार्यक्रममा उनले यस्तो धारण ब्यक्त गरेका हुन । नेपाल बेलायत कूटनीतिक समवन्ध २ सय बर्ष पुगेको अवसरमा बेलायती महारानीको प्रतिनिधका रुपमा काठमाडौं आएका ह्यारीले नेपाल र बेलायत सम्बन्धको स्मरण समेत गरे ।

उनका हजुरआमाले राज्यरोहण गर्ने कार्यक्रम र नेपालको तेन्जीङ नोर्गे तथा न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको समाचार एक साथ विश्व समाचारको हेडलाइन बनेकोसमेत उनले स्मरण गरे । 'यो दुई देशबीचको सम्वन्धको एउटा महत्वपूर्ण संयोग हो' उनले भने ।

यसअघि उनले प्रधानमन्त्री केपी ओलीसंग शिष्टाचार भेट गर्दै भुकम्प पछिको अवस्था र त्यससमय प्रति दुख ब्यक्त गरेका थिए । नेपालको वन्यजन्तु, वातावरणको संरक्षण, हिमाल र नेपाली जनताको सेवाका बारेमा चर्चागरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बेलायती सेनामा कार्यरत गोर्खा फौजको योगदानको चर्चा गर्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन दिएका छन् ।

गोर्खा सेनासँग अफगानिस्तानमा खटिएर बसेको अनुभव सुनाउँदै गोर्खा फौजबाट अन्यन्त बहादुरी र वीरता प्रदर्शन भएको पनि उनले बताए । गोर्खा फौजले आफूले नलड्नुपर्ने युद्धमा पनि बेलायतलाई सहयोग पुर्‍याएकोमा नेपाली जनताप्रति आभार र धन्यवाद उनले दिएका थिए ।

प्रधानमन्त्री ओलीले धेरै टाढाको मुलुक भएर पनि नेपालको विकासमा बेलायतबाट हुँदै आएको निरन्तर सहयोगप्रति राजकुमारमार्फत बेलायत सरकार र जनताप्रति धन्यवाद व्यक्त गरे ।

भुकम्पपछि राहत र उद्धारमा बेलायतले गरेको सहयोगप्रति पनि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरेका थिए । बेलायतले पठाएको चिनुक हेलिकोप्टर भारतको चण्डिगढबाट फिर्ता भएको थियो त्यो समयमा । त्यसपछि बेलायत नेपालसंग गुनासो गर्दै आएको थियो । संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई बेलायतले गरेको समर्थनप्रति प्रसन्नता समेत उनले ब्यक्त गरे ।

उनी शनिवार २.४५ बजे त्रिभुवन अन्तराष्ट्रिय  विमान स्थाल ओलिएका हुन । नेपालको पुरानो मित्रमुलुक बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड पाँच दिने औपचारिक भ्रमणका आएका हुन । उनको ३५ सदस्यीय टोली कतार यअरलाइन्सबाट बेलायतको हेथ्रो, दोहा हँुदै काठमाडौं आइपुगेको हो । झुस्स कैलो दारी, सामान्य सेतो रंगको सर्ट र गाढा निलो कोटमा उनी विमानस्थलमा हात हल्लाउदै बाहिर निस्केका थिए । उनलाई आफ्नो क्यामेरामा कैद गर्न स्वदेशी तथा विदेशी संचारमाध्यमका फोटो पत्रकारहरु तछाडमछाड गर्दै थिए ।

उनलाई संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्री लगायतको उपस्थिती त्यहाँ थियो ।

राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायर लगायतको उपस्थिती थियो । उनको यो पहिलो पटक नेपाल भ्रमण भएपनि बेलायतको राजपरिवारको पहिलो भ्रमण भने होइन । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन । युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्नेछन ।

गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राख्ोको अन्तराष्ट्रिय संचारमाध्यमहरुका उल्लेख छ । उनी भुकम्प प्रभावित उपत्यकाको क्षेत्रको अवलोकन गर्नेकार्यक्रम छ भने पोखरा र वर्दिया पुग्ने कार्यक्रम पनि तय छ । उनले लम्जुङको गोर्खा परिवारले संचालन गरेको होम स्टेमा रात विताउने र त्यही पदयात्रा गर्ने कार्यक्रम रहेको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget