Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अबको आन्दोलन

काठमाडौँ, चैत्र ७ गते । लगातार छ महिना आन्दोलन गरेर एक महिनादेखि विश्राममा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आजबाट राष्ट्रिय आन्दोलनको घोषणा गरेको छ ।

madhesi-morcha1

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जान लागेको पूर्वसन्ध्यामा मधेशी मोर्चासहित अन्य आदिवासी जनजातिका १५ दलले आज विरोध प्रदर्शन गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अगुवाईमा शान्तिवाटीकादेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए ।

‘आजबाट राष्ट्रिय आन्दोलनको विगुल फुक्यौं, यो महिनाभरि विभिन्न अन्तरक्रिया तथा विचार गोष्ठी हुनेछ र बैशाखको पहिलो हप्तादेखि आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनेछौँ’ प्रवक्ता झा भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा विरोध प्रदर्शन गर्नुको दुईटा फाइदा छ । एक राष्ट्रिय आन्दोलनको शुरुवात आजबाट भयो भने दोस्रो फाइदा आज प्रदर्शन गर्यो भने चीनको पनि ध्यानाकर्षण हुन्छ ।’

किन राष्ट्रिय आन्दोलन ?
मधेशवादी दलले छ महिनासम्म आन्दोलन गर्दा पनि सरकारसँग कुनै सहमति भएन । सविधानमा आदिवासी–जनजाति,मधेशीको अधिकार कटौती गरेको भन्दै भदौ १ गतेदेखि आमहड्ताल शुरु गरेका थिए । त्यसको १५ दिनपछि नाकाबन्दी शुरु भएको थियो । नाकाबन्दी भएपछि मात्र वार्ताका लागि तयार भएका सरकार जहिले पनि भ्रममा राख्ने काम गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताउँछन् ।

कहिले वार्ता समिति त कहिले कार्यदल बनाएर आफूहरुलाई सिहदरवारदेखि बालुवाटारसम्म घुमाएको तर अन्त्यमा हातलागि शुन्य भएको नेताहरु बताउँछन् । वार्ताको पीडा सुनाउँदै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले भने, ‘सरकारले हामीलाई छकाउनसम्म छकायो अब त हामीसँग आन्दोलनबाहेक अरु कुनै विकल्प छैन । अब हामी ब्रहमास्त्र प्रयोग गर्छौ ।’

तर कस्तो ब्रहमस्त्र प्रयोग गर्ने बारेमा उनले खुलाउन चाहेन । उनले यति भने, ‘बैशाखको दोस्रो हाप्तादेखि हेर्नु होला ।’
सविधान संशोधनअघि प्रमुख तीन दलले माघ ७ गते बालुवाटारमा मधेशी मोर्चालाई वार्ताका लागि बोलाएका थिए । तर, त्यहाँ मधेशी मोर्चासँग सहमति गर्नुको साटो एमाले र काँग्रेस संशोधन प्रस्ताव लिएर विवाद भएपछि वार्ता भाँडिएको थियो त्यस यता मधेशी मोर्चासँग कुनै औपचारिक वार्ता भएको छैन ।
नाकाबन्दी र आमहड्ताल फिर्ता लिएपछि सकारले वार्ताका लागि झन ढिला सुस्ती गरे । वार्ताका लागि एकपटक माओवादीका अध्यक्ष प्रचण्डले पनि प्रयास गरेका थिए तर उनको प्रयास पनि विफल भयो ।

मधेश मोर्चाले पनि वार्ताका लागि आन्तरिक रुपमा प्रयास गर्दै थियो । त्यही प्रयास स्वरुप एकपटक कार्यदलसँग माघ २९ गते बालुवाटारमा वार्ता भयो । प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली भ्रमणमा जानु पर्ने भएकाले उनले सो वार्तालाई निकै सकारात्मक रुपमा लिएका थिए । उनले आफै दिल्ली जानुअघि मधेशी मोर्चासँगको सबै विवाद समाधान हुनुपर्छ भनि पाँच र छ गते गरि दुई दिन लगातार बैठक बस्यो तर सहमति हुन सकेन ।

प्रधानमन्त्री ओलीले मधेश दलसँग कुरा नमिलेपछि विनासहमति नै तीन महिनाभित्र सिमांकनको विवाद टुग्यांउने भने मन्त्रीपरिषद्बाट एक समिति बनाएर फागुन ७ गते दिल्ली उडे । दिल्लीबाट फर्केपछि वार्ता होला कि भनेर बसेका मधेशी मोर्चालाई प्रधानमन्त्री ओलीले सोधपुछ गर्न छाडिसकेका थिए । बाध्य भएर मधेशी मोर्चाले फागुन २८ गते चैतमसान्त पछि आन्दोलन गर्ने अल्टिमेटम सहितको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझायो ।

ज्ञापनपत्र बुझाएकै दिन प्रधानमन्त्री ओलीले मधेशी मोर्चासँग वार्ता गरे । वार्तामा उनले घाइतेको उपचार र आन्दोलनकारीलाई लागेको मुद्दाको किनारा लगाउने आश्वासन दिएको पनि आज ८ दिन भइसक्यो तर कुनै खोजखबर छैन । अब प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्केपछि मात्र वार्ता होला भनि अनुमान गर्न गरिएको छ । त्यसैबीचमा मधेशी मोर्चाले राष्ट्रिय आन्दोलनको घोषणा गरेको छ ।

कसरी होला आन्दोलन ?
०६२/०६३ मा भएको जनआन्दोलन जस्तै अर्को आन्दोलन गर्ने तयारी मधेशी मोर्चाले गरिरहेको छ । देशका सम्पूर्ण आदिवासी जनजाति, मुस्लिम, महिला, मधेशी, दलित र पिछडा वर्गले यस आन्दोलनका लागि साथ देला भनि हिसाब गरेर मधेशी मोर्चा बसेका छन् ।

त्यसका लागि मधेशी मोर्चाले संघीय गठबन्धन बनाएका छन् । जुन गठबन्धनमा आदिवासी जनजातिका पाटीहरु पनि सम्मलित रहनुको साथै संघीय समाजवादी फोरम नेपालसँग अशोक राईको पार्टी रहेका कारण मधेशी मोर्चाले जनआन्दोलन गर्ने हिम्मत गर्दैछन् । र, उपेन्द्र यादव पनि अशोक राईको साथ पाएर राष्ट्रिय आन्दोलनको धम्की दिँदै आएका छन् ।

संघीय गठबन्धनमा मधेशी मोर्चाका फोरम नेपाल, तमलोपा, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेका छन् भने अन्य दलहरुमा बहुजन समाज पार्टी, लोक दल पार्टी, नेपाल जनजाति पार्टी, समाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी, संघीय जनमुक्ति पार्टी र थरुहट तराई पार्टी गरी जम्मा १५ दल रहेका छन् । यसमध्ये आठवटा दलहरु संसदमा छन् ।

आदिवासी जनजाति आन्दोलनका अगुवा मल्लके सुन्दर राष्ट्रिय आन्दोलन हुनेमा विश्वस्त छन् । उनी भन्छन्, ‘राज्यको संरचना जुन रुपमा बन्दै, सरकारको जुन संरचना छ त्यसले आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिमले कुनै अधिकार पाउँदैन । त्यसका लागि एकचोटी राष्ट्रिय आन्दोलन हुन्छ नै ।’

उनले मधेशी मोर्चाले शुरुवात गरेको यो आन्दोलन ठिक छ यसमा सबैको समर्थन र सहयोग रहने बताए ।

यो राष्ट्रिय आन्दोलनलाई पद्मरत्न तुलाधर, ओम गुरुगं जस्ताले पनि सहयोग गरिरहेका छन् । र, मधेशी मोर्चाले उनीहरुकै आश्वासनमा आन्दोलन गर्न आँट गरेका छन् । पद्मरत्न तुलाधरले एक पटक राष्ट्रिय आन्दोलनको घोषणा पनि गरेका थिए तर एक्लै एक्लै नसक्ने भएपछि मधेशी मोर्चासँग मिलेर आन्दोलन गर्न लागेका हुन् ।
राष्ट्रिय आन्दोलनका लागि तत्कालै क्रियात्मकमा जाँदैन । त्यसका लागि गठनबन्धनले अन्तरक्रिया कार्यक्रम गर्नुको साथै कोणसभा, आमसभाहरुको आयोजना गरि जनताको मनोभावना बुझेर मात्र क्रियात्मक आन्दोलनमा जाने भित्रि तयारी रहेको बुझिाएका छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget