कुमोद अधिकारी ,
विराटनगर , चैत ४ गते । मोरङको रंगेली स्थित शानसारी मन्दीरको स्तर उन्ततीका लागी नगरपालिकाले ३५ लाख रुपैया दिने जनाएको छ । रंगेली नगरपालिकाले मन्दीर स्तर उन्नतीका लागी मन्दीर व्यवस्थापन समितिले १० लाख रुपैया जुटाउने सहमतीमा सो रकम दिन लागेको समितिका कोषाध्यक्ष ओमकार थापाले बताउनुभयो ।

नगरपलिकाको वजेटमा रकम परिसकेकाले केहि दिनभित्रै समितिले मन्दीर स्थर उन्नतीको काम थाल्न लागेको हो । सो रकमवाट चिसांग खोलाको किनारमा रहेको मन्दीरको पश्चिम पटि भागमा तटवन्ध निमार्ण तथा भक्तजनहरुलाइ खोलावाट जल चढाउनका लागी सिढि निमार्ण गरिन लागेको कोषाध्यक्ष थापाले बताउनुभयो
खोलामा तटवन्ध नहुदा मन्दिर जोखिमा परेकाले व्यवस्थापन समितिले पहिले काामनै तटवन्ध निमार्णगर्न लागेको हो ।खोलामा ५० देखी ६० मिटर तारजाली सहितको तटवन्ध निमार्ण गरिने बताएको छ । सो काम वैशाखदेखी शुरु हुने जनाइएको छ ।
यसैगरी सासंद शिवकुमार मण्डलले समेत मन्दिर व्यवस्थापका लागी सांसदकोष वाट अढाइलाख रुपैया उपलव्ध गराइने जनाइएको छ । सो रकम मन्दीर परिसरमा सौचालय निमार्णमा खर्च गरिने बताइको छ ।
पुर्वको मुख्य शक्तिपिठको रुपमा चिनिने शानसारी मन्दीरमा शनिवार र मंगलावार भक्तजनहरुको ठुलो घुइचो लाग्ने गरेको छ । मन्दीरमा दर्शका लागी भारतका सिकिम, दार्जलिग तथा काठमाण्डौ लगायत झपा मोरंङ, सुनसरी , सिराहा , सप्तरी जिल्लावाट समेत भत्तजन आउने गरेका छन । विराटनगर देखी २२ किलोमिटर पुर्वमा रहेको मन्दीर राणा कालमा निमार्ण भएको किवदन्ती रहेको छ ।
मागेको भाकल पुराहुने सो मन्दीरमा वलि समेत चढाइने गरेको पाइन्छ । एक दिनमा १ सय २७ वटासम्म वोकाको वलि चढाइको कोषाध्यक्ष थापाले बताउनुभयो । मन्दीरमा हप्ताको दुइ दिनमा १५ हजारसम्म भक्तजनहरु दर्शनका लागी आउने गर्दछन ।
Post a Comment