Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चौकीदारी गर्दै ‘गिनिज वर्ल्ड रेकर्ड’

बिर्तामोड, चैत्र ५ गते ।  गिनिज वल्र्ड रेकर्ड र रेकर्ड सेटरमा दुई/दुईवटा विश्व कीर्तिमान राखेका १९ वर्षीय राजा थापा होटलमा चौकीदारी गरेर जीवन गुजारा गर्दै आएका छन् ।

18032016093602Guiness-01-1000x0

पाँचथर यासोकका थापा विगत दुई वर्षदेखि झापा बिर्तामोडको एक होटलमा चौकीदारी गर्दै आएका छन् ।

होटलको चौकीदारीबाट पाउने तलबले यिनको एक्लो ज्यानलाई महिनाभरि धान्न पुग्दैन । २० घण्टासम्म खट्दा ६ हजार पाउँछन् । त्यो पनि नियमित छैन । ‘जसोतसो जिन्दगी चलेको छ,’ उनले भने । बेलायतको मिरर र डेल्ली मेलले विश्व कीर्तिमानको खबर सार्वजनिक गरेपछि यिनलाई भारतका विभिन्न संस्थाहरूले बोलाए । आश्वासन दिए । तर, यिनी गएनन् । ‘जे गर्छु आफ्नै देशका निम्ति गर्छु भनिदिएँ,’ उनले गुनासो पोखे, ‘तर आफ्नो देशले चाहिँ कुनै चासो चिन्ता नलिँदा दु:ख लागेर आउँछ ।’

थापाले हालै मुखमा एकैसाथ १ सय ३८ वटा पेन्सिल राखेर विश्व कीर्तिमान बनाएका थिए । भारत मुम्बईका दिनेश शिवनाथ उपाध्यायको रेकर्ड उनले तोडेका हुन् । यसअघि उपाध्यायले १ सय २ वटा पेन्सिल मुखमा राखेर विश्व कीर्तिमान कायम गरेका थिए । मुखमा ३२ वटा मैनबत्ती बालेर तथा पछाडिको पाताले बिस्कुट फोरेर उनले गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । उनले ३२ वटा मैनबत्ती बालेर मुखमा एक मिनेटसम्म राखेर कीर्तिमान राखे । जबकि आधा सेकेन्ड होल्ड गर्दा नै अघिल्लो रेकर्ड तोडिन्थ्यो ।

भारतका उपाध्यायले नै यसअघि १५ वटा मैन बालेर मुखमा हालेका थिए । थापाले पाताले ३८ वटा बिस्कुट फुटाएका थिए । यसअघि त्यो रेकर्ड इटालीका एक जनाको नाममा थियो । उनले एक मिनेटमा २१ वटा बिस्कुटमात्रै फुटाएका थिए । थापाले अर्को अनौठो कीर्तिमान पनि बनाएका छन् । १० वटा मैनबत्तीको ६ ग्राम थोपा ३० सेकेन्डसम्म चुहाएर । यसअघिको रेकर्ड २ ग्राममात्रै थियो । चारवटै कीर्तिमानको प्रमाणपत्र यिनले पाइसकेका छैनन् । तर, आयोजकले चाँडै उपलब्ध गराउने आश्वासन दिएको बताए ।

उनको आगामी योजना विश्वको सर्वाधिक ठूलो मुखमा कीर्तिमान गर्नेछ । हाल विश्वको सर्वाधिक ठूलो मुखको नाप ८ दशमलव ८ सेन्टिमिटर छ । थापाको लक्ष्य ९ दशमलव २ सेन्टिमिटरसम्म ठूलो बनाउनेछ । ‘९ सेन्टिमिटर लामो मुख त अहिले नै बनाउन सक्छु,’ थापाले भने । थापाले अन्य थुप्रै अनौठा रेकर्ड बनाउन सक्ने दाबी गरेका छन् । उनले छिटो खाने, छिटो हिंड्ने, साइकिल स्टन्ड, माउन्टेन बाइकलगायतका साहसिक खेलका कीर्तिमानहरू समेत बनाउन आफू सक्षम भएको बताए ।
विलक्षण क्षमता भए पनि उचित अवसर र सहयोग नपाउँदा थापा गुमनामझैं छन् । यिनी सहयोगका लागि दिनरात भौतारिरहेका छन् ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget