Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

वनक्षेत्रको खोलानालाको दोहन रोक्न जिल्ला वन सक्रिय

कुमोद अधिकारी ,

विराटनगर , चैत ३ गते । जिल्ला वन कार्यालय मोरंङले वनक्षेत्र भित्र हुने जथाभावी उत्खन रोक्न कडाइका साथ लागेको छ । वनक्षेत्र भित्र हुने जथाभावी उत्खनका कारण वनजगंल जोखिममा परेपछी कार्यालयले वनक्षेत्र भित्र दिनरात गश्ति बढाउनुका साथै स्थानिय स्तरवाट बन जोगाउन नागरिक समुदायहरुलाइ सचेत गराउदै आएको छ ।
जिल्ला वन कार्यालय मोरंङले वनक्षेत्र भित्रका खोलानालाहरुवाट अवैध तवरले ढंगा, वालुवा गिटि उत्खननगर्ने ७८ जनालाइ पक्राउ गरिएको र ३४ जना उपर मुद्धा दायर गरेको छ ।
वनक्षेत्रका खोला नालामा प्रयोग भएका २५ वटा सवारी साधनलाइ नियन्त्रणमा लिएको छ । आर्थिकवर्षको साउन महिनादेखी सात महिनाको अवधिमा उनीहरुलाइ पक्राउ गरि मुद्धा चलाइएको जिल्ला वन कार्यालय प्रमुख दिपक ज्ञवालीले बताउनुभयो ।
वन चोरी निकासी तस्करीमा देखी लिएर अवैध उत्खनन गर्नेहरुलाइ पक्राउ गरिएको हो । वन कार्यालयले खोलानाला उत्खनन चोरी निकासीमा कडाइ गरेपछी बन तस्करदेखी गिटि वालुवा ढुंगा उत्खनन समेत कम हुदै गएको स्थानिय वासिन्दाहरु बताउछन ।
स्थानिय वासिन्दाको सक्रियता तथा कार्यालयका कर्मचारीहरुको मेहनत र सहयोगवाट बनजगलवाट हुने काठा दाउराको चोरी निकासी देखी विगतमा हुनेगरेको बनक्षेत्र भित्र रहेका खोलानालाहरुको दोहन समेत नियन्त्रणमा आएको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो । बनको निगरानीका लागी बन कार्यालयले विशेष टोली परिचालन गरेको जनाएको छ । उत्तरी मोरंङका हरेक बन तथा खोलाक्षेत्रमा कार्यालयले दैनिकजसो अनुगमन गर्ने गरेको र नियम विपरित कसैले कार्य गरेको पाइएमा त्यस्तालाइ तत्काल बन कर्मचारीले प्रहरीको सहयोगमा नियन्त्रण लिन गरेको जनाएको छ ।
कार्यालयले १४ वटा टयाक्टर २ वटा ट्रिपर ६ वटा साइकल तथा ३ वटा ठेलागाडा समेत नियन्त्रणमा लिएको छ । यसरी काठ दाउरा चोरी निकासी देखी ढुंगा गिटि वालुवा उत्खननगर्न रोक लगाए संगै कार्यालयले राजश्व असुली समेत उल्लेखनिय रुपमा हुन थालेको छ ।
सोही अवधिमा २ लाख ६३ हजार राजश्व समेत असुली गरेको जनाएको छ । नेपालको वन सवैको साझा सम्पती भएकाले बन जोगाउन सवै लाग्नुपर्ने हुन्छ ।
कार्यालयको उदेश्य भनेको स्थानिय वासिन्दालाइ बन मेरो हो भन्ने भावना जगाउनु रहेकाले मोरंङ जिल्लामा आफुले अभियाननै चलाएर स्थानिय वासिन्दामा त्यो भावना जगाउन सफल हुदै गएको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो ।

gitti-baluwa

 

 

 

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget