पेसावर , चैत ३ गते । पाकिस्तानको पेसावर सहरमा बुधबार बिहान सरकारी कर्मचारी बोकेको बसमा बम बिस्फोट हुँदा १५ जनाको ज्यान गएको त्यहाँका अधिकारीहरुले बताएका छन् । यस्तै २५ जना घाइते भएका छन् ।

सरकारी कर्मचारीलाई चढाउँदै हिँडेको बसमा एक्कासी बिस्फोट भएको थियो ।
त्यहाँका वरिष्ठ प्रहरी अधिकारी मोहम्मद कासिफका अनुसार बिस्फोटनको बेला बस भित्र ४०–५० जना यात्रु थिए । ‘तत्काल कस्तो प्रकृतीको बम हो भन्ने खुलेको छैन । तर बसमा बम पहिल्यै लगाइएको थियो भन्नेमा भने कुनै शंका छैन,’ उनले भने । भिडियो हेर्नुहोस
Post a Comment