
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शुक्रबार आफ्नो भ्रमण बारे जानकारी र संसदहरूका राय/सल्लाह लिने क्रममा प्रधानमन्त्री ओलीले भने,'मेरो चीन भ्रमणले राजनीति, आर्थिक, विकास र कुटनीतिक हिसाबले नेपाललाई माथि उठाउँछ ।'
उनले चीनसँग नेपालको व्यापार घाटा घटाउने, आफै आत्मनिर्भर हुने, बस्तुहरु उत्पादन गरेर जाने, प्रोजेक्टहरू बढाउने जस्ता कुरामा जोड दिने सम्झौताहरु गर्ने तयारीमा रहेको बताए ।
ओलीले आफू जनताको प्रतिनिधि भएको भएको उल्लेख गर्दै भने,'म तपाईहरु -संसद) ले छानेको प्रतिनिधि हुँ । तपाईको चाहना अनुसार देशभक्त र विकासको चाहना गर्दै चीनमा सम्झौताहरु गर्ने छु ।'
ओलीले नेपाल भौगोलिक र जनसंख्याको हिसाबले दुई -चीन र भारत) ठूला मुलुकको बीचमा रहेको र विकासमा पनि दुवै मुलुक अघि रहेको बताए । 'हामीले दुवै छिमेकीसँग मिलेर उनीहरुको विकासबाट लाभ लिने हाम्रो सोच हुनुपर्छ, यसको लागि हामी मागेरमात्र लिने होइन, विकासबाट लाभाविन्त हुने हो,' उनले भने । ओलीले दुवै छिमेकीसँगको सम्बन्ध कुनै पनि कार्डको रुपमा प्रयोग गर्ने सोचमा नरहेको उल्लेख गर्दै भने, 'हाम्रो लक्ष्य दुवै छिमेकीसँग सुमधुर सम्बन्ध राख्दै जाने हो ।'
यस्ता छन्, ओलीका चीन भ्रमणका एजेन्डा
ओलीले समितिमा आफ्नो आधा दर्जनभन्दा बढी चीन भ्रमणको एजेन्डाको बारेमा जानकारी दिए । उनले भूपरिवेष्टित भए पनि नेपालले हालसम्म भारतबाहेक अरू कुनै पनि मुलुकसँग ट्रान्सजिटको बारेमा नसोचेको बताए । उनले भने,'भूपरिवेष्ठित मुलुकको हिसाबलले हामी जुन सुकै ठाँउबाट ट्रान्सजिट गर्न पाउनु पर्छ ।
भारतसँग अहिले कोलकाता बन्दरगाहमात्र होइन, बिसाखापटनम प्रयोगका लागि पनि काम अघि बढेको छ ।' उनले अब चीनसँग पनि पारवहन र यातायातको कुरा गर्नु पर्ने बताए । उनले थपे,'त्यो हाम्रो अधिकार पनि हो । त्यसलाई अघि बढाउनु पर्छ ।'
ओलीले सम्झौतामा तातोपानी नाकालाई सुचारु गर्ने, रसुवागढीलाई ठूलो बनाएर सुचारु गर्ने, किमाथान्काको बाटो बाह्रै महिना चलाउन सक्ने गरि दोहोरो लेग बनाउने बारे चीनसँग कुरा गर्ने बताए ।
उनले पारवाहन प्वाइन्टको रूपमा काम गरेर चीन र भारत बीचको व्यापारलाई कम गर्न सक्ने बताए । उनले लोडसेडिङ कम गर्न तत्कालका लागि केरुङबाट विद्युत ल्याउन सक्ने पनि बताए ।
उनले भने,'त्यसका लागि हामीले यता ट्रान्समिसन निर्माण गर्नु पर्छ । केरूङतर्फ भने ट्रान्समिसन लाइन छ ।' उनले भ्रमणमा क्रस बोडर ट्रान्समिसन लाइन भयो भने विद्युत चीनबाट ल्याउन सकिने र अहिले नेपालले किन्ने पनि पछि उत्पादन बढेपछि बेच्न सकिने बताए ।
उनले ट्रान्समिसन लाईन किमाथान्काबाट खादबारी र केरूङबाट रसुवा हुदै काठमाडौं ल्याउन पनि सकिने बारेमा चीनसँग कुरा हुने बताए । सरकारले चीनलाई केरुङ-रसुवा-काठमाडौं र काठमाडौं-पोखरा-लुम्बिनीको रेल मार्गको सर्बेगर्न आग्रह गर्ने भएको छ । ओलीले काठमाडौंमा नबनेर बसेको रिङ रोडलाई दोस्रो चरणमा अबिलम्ब बनाउ सहायता सहित चीनलाई अबिलम्ब आग्रह गरिने बताए । यस्तै, मोनो रेलका बारेमा पनि सरकारले प्रस्ताव लाने ओलीले जानकारी दिए ।
यस्तै, पश्चिममा बाटो बनाउन हुम्लाको हिल्सामा राम्रो चौडा पुल तयार गनर्ेे, ट्रान्ससिट कुरा, व्यापारका सम्बन्धमा के कस्तो अघि बढाउन सक्छन्, तत्काल अध्ययन गरिपछि टीटी गर्नका लागि अघि बढाउने सरकारको योजना रहेको ओलीले बताए । उनले भने,'सबै कुरा अहिले नै हुन्छ भन्ने होइन, अहिले सहमति भएर पछि टीटी गर्ने गरि काम हुन्छ ।'
यस्तै, ठूलो विद्युतीय परियोजना ४ सय ४३ मेगावाटको माथिल्लो अरुण निर्माणको सम्बन्धमा चीनलाई निर्माणका लागि आग्रह गरिने ओलीले जानकारी दिए । ओलीले भ्रमणका दौरान चीनिया राष्ट्रपति, समकक्षी चिनिया प्रधानमन्त्री, जनकांग्रेसका प्रमुख, त्यहाका व्यापारी, प्रोभिन्सका प्रमुखलगायतसँग आफूले भेट गर्ने बताए । ओलीले भ्रमणका दौरान केहि एगि्रमेन्ट्स र एमओयूहरु हुने बताए ।
Post a Comment