Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सरकारको गति सुस्त भएको कांग्रेसको ठहर

काठमाडौँ , चैत्र ६ गते ।  नेपाली कांग्रेसको १३औँ महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले एमाले नेतृत्वको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको निचोड निकालेको छ ।




g]kfnL sfFu|];sf] s]lGb|o ;ldltsf] a}7s cfh kf6L{ s]lGb|o sf{ono ;fg]kf nlntk'/df gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf klxnf] a}7s a:b} . tl:a/ M /f]zg ;fksf]6f,/f;;


नवनिर्वाचित सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नाकाबन्दी हटेको लामो समयसम्म पनि सरकार प्रभावकारी नहुँदा कालोबजारी र महंगीले जनताको ढाड सेकेको बताएका थिए ।


कांग्रेसले संविधान कार्यान्वयनको जिम्मेवारी र प्रदेश सीमाङ्कन लगायत समस्या समाधानका लागि अन्य दलसँग अगुवाइका साथ छलफल गरी निष्कर्षमा पर्याउने निर्णय गरेको मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।


कांग्रेस केन्द्रीय समितिले भूकम्पपछिको पुनःनिर्माणको काममा देखिएको सुस्तताप्रति चिन्ता जाहेर गर्दै त्यसलाई गति दिन सरकारलाई आग्रह गरेको छ ।


नाकाबन्दी खुलेको लामो समयसम्म पनि आपूर्ति व्यवस्था सहज नहुँदा महंगी र कालोबजारी नियन्त्रण गर्न नसकेको प्रति ध्यानाकर्षण गराउँदै तीव्रताका साथ काम अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।


आजको बैठकमा कांग्रेसका २८ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखेका थिए । बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।


संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे रहनुभएको समिति गठन गरेको हो ।


बैठकले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) लगायत सम्पूर्ण भ्रातृ संस्थाको अधिवेशन छ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिए ।


'केन्द्रीय समितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ,' उनले भने, 'त्यस्तै भ्रातृ संस्थाको आगामी छ महिनाभित्र निश्चित कार्य तालिकासहित महाधिवेशन सम्पन्न गर्ने र त्यसमा पहिलो चरणमा नेविसङ्घको प्रक्रिया अघि बढाउन निर्णय भएको छ ।'


बैठकमा सभापति देउवाले संसदीय दलको नेता चयन गर्ने, सबै भ्रातृ संस्थाको अधिवेशन गर्ने लगायत आठ कार्यसूची प्रस्तुत गरेका थिए ।


केन्द्रीय सदस्य डा प्रकाशशरण महतका अनुसार बैठकमा सभापति देउवाले लामो समयदेखि पार्टीका भ्रातृ संस्थाको हुन नसक्दा नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ लगायत सङ्गठनको अधिवेशन आगामी नौ महिनाभित्र सम्पन्न गराउने प्रस्ताव पेस गरेका थिए ।


'संसदीय दलको नेता चयनका लागि निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गरेर चैत २० वा २२ गतेका लागि निर्वाचन मिति तय गर्नेछ', उनले भने ।


बैठकले अधिवेशनको दौरानमा सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा कांग्रेस केन्द्रीय निर्वाचन समिति, पार्टी समर्थित कानुन व्यवसायीको सङ्गठन प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घ, सञ्चार जगत् र सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिएको छ ।


बैठकले म्यान्माका नवनिर्वाचित राष्ट्रपति तीन क्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना तथा नेपालमा नजिकिएको फागु पर्वको शुभकामना समेत दिएको छ । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget