
संविधान जारी गर्ने दलहरुको आग्रहमा मोर्चाले नाकाबन्दीलगायतका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएपनि अहिलेसम्म माग पूरा नभएको भन्दै मोर्चा नेताहरु बालुवाटार पुगेका हुन् ।
मोर्चाले बुझाएको ७ बुँदे माग पत्रमा कात्तिक १५ मा सरकारलाई बुझाइएको मागपत्रको सम्बोधन हुनुपर्ने, तराई आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरुको उपचार, पक्राउ परेकाको रिहाई र कालोबजारीको अन्त्यको माग गरिएको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरदसिंह भण्डारीसहित मोर्चा आवद्ध ७ दलका नेताहरु बालुवाटार पुगेका थिए । मोर्चा नेता र प्रधानमन्त्रीबीच करिब डेढ घण्टा कुराकानी भएको थियो ।
प्रधानमन्त्रीको आग्रह बमोजिम प्रमुख राजनीतिक दल र मोर्चाबीच साँझ साढे ६ बजे वार्ता बस्ने निर्णय भएको छ । त्यसमा प्रमुख प्रतिपक्षी कांग्रेस बस्ने नबस्ने टुंगो लागिसकेको छैन् ।
रामसपा प्रवक्ता केशव झाले प्रधानमन्त्रीसंगको कुराकानी रोचक भएको भन्दै मोर्चाको माग चाँडै पूरा हुने आशा व्यक्त गरे ।
Post a Comment