
कांग्रेसले अहिले सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताउँदै उनले यो सरकारमा पनि नजाने बताएका छन् । रिपोटर्स क्लबको साक्षात्कारमा बोल्दै उनले भने, ‘सशक्त प्रतिपक्ष नभए शासक तानाशाही हुन्छ । गलत विपक्षी भए प्रजातन्त्र कमजोर हुन्छ । दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौ । यो सरकारमा हामी जाँदैनौं ।’
आफ्नो उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर अब प्रजातन्त्रालाई कसैले पनि खोस्न नसक्ने अवस्थामा पुर्याउने भएको भन्दै उनले संविधानको कार्यान्वयन, सीमांकन मिलाउने र मुलुकमा लगानीको वातावरण बनाएर समृद्ध र सम्पन्न नेपाल बनाउन लाग्ने बताए ।
उनले भने, ‘अहिले महंगी छ, कालाबजारी छ, आपूर्ति अस्तब्यस्त छ त्यसको विरुद्ध काग्रेसले संसद समेतमा आवाज उठाउँछ ।’ मधेसी मोर्चाले उठाएको सीमांकनसहितका मुद्दाहरुलाई वार्ताबाटै समाधान गर्ने स्पष्ट पार्दै आवश्यक परे संविधान संसोधनसमेत गर्न सकिने उनले बताए ।
सभापतिमा निर्वाचित भएपछि आफूमाथि पार्टीलाई मिलाएर अघि लैजाने जिम्मेवारी आएको पनि उनले बताए । देउवाले भने, ‘मेरो कार्यकालका कसैलाई काखापाखा गरिने छैन । सबैलाई समेटेर म अगाडि बढ्छु । रामचन्द्र पौडेलजी मेरो पुरानो सिनियार साथी हो । उहाँले धेरै दुख पाउनु भएको छ । उहाँसँग मिलेर काम गर्छु । उहाँलाई मिलाउने काम मेरो हो । उहाँसाग अनुभव छ । उहाँले लामो संघर्ष गर्नु भएको छ त्यसको मूल्याङकन हुन्छ ।’
Post a Comment