
आज दिएको सन्देशमा उनले यस पर्वले सबै नेपालीबीच सामाजिकएकता कायम गर्दै बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउने बताउँदै यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु अहिलेको आवश्यकता भएको उल्लेख छ ।
‘विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृति आफैँमा मौलिक, समृद्ध रहेको छ, यस पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस्,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले फागु पर्वको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, समृद्धि, सुस्वास्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
आज शुभकामना सन्देश दिँदै उनले शरद् ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न तथा आपसी मेलमिलापको वातावरण समेत सिर्जना गर्ने उल्लेख गरेका छन् ।
Post a Comment