
वडा कार्यालयका कर्मचारी नगरपालिका घोषणा हुनुपूर्व गाविस कार्यालयलका कर्मचारी विदुरकुमार वस्नेतको सरुवा भएपछि कार्यालय बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।
कर्मचारी अभावकै कारण कार्यालय स्थापना गर्न नसकिएको नगरपालिकाका कार्यकारी अधिकृत राजन घिमिरेले बताउनुभयो । कर्मचारी नहुँदा संचालनमा रहेको वडा कार्यालय नगरपालिकामै गाभ्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।
नगर परिषद्बाट कर्मचारी दरबन्दी र पदपूर्ति समिति स्वीकृत भए पनि केन्द्रबाट प्रतिनिधी नतोकिँदा पदपूर्ति हुन सकेको छैन । नरपालिकामा अहिले प्रशासनिक र प्राविधिक कर्मचारी गरी १२ जना कर्मचारीको दरबन्दी खाली रहेको छ । कर्मचारी अभावकै कारण प्रभावकारी सेवा प्रवाहमा समस्या भएको नगरपालिकाका सुचना अधिकारी नइन्द्रराज राईको भनाइ छ ।
नगरपालिका घोषणा भएको दुईवर्ष विते पनि नगरपालिकाका वडा कार्यालय विस्तार हुन सकेका छैनन् । वडा कार्यालय स्थापना नहुँदा सेवाग्राही सामान्य किसिमका सेवा लिन पनि सदरमुकामस्थित नगरपालिकाको कार्यालयमा धाउन बाध्य भएका छन् । विभिन्न छ ओटा गाविस मिलेर बनेको नगरपालिकाका सबै वडा सुगम छैनन् । कतिपय वडाबाट नगरपालिका आउन ५÷६ घण्टा हिडेर आउनु पर्ने अवस्था छ ।
सदरमुकाम आसपासका छ वटा गाविस मिलाएर ०७१ बैशाख २५ गते नगरपालिका घोषण भएको सिद्धिचरण नगरपालिकाका सबै वडामा सडक सञ्जाल, वस्ती विकास तथा पूर्वाधार विकास नुहँदा गाउँभन्दा फरक नरहेका नगरपालिकाका वडा कार्यालय नभएपछि सेवाग्राहीलाई सेवा भन्दा बढी सास्ती थपिएको सिद्धिचरण नपा २ का स्थानीय हस्तबहादुर राईले बताउनुभयो ।
‘गाविस हुँदा गाउमै पाइने सेवा लिन अहिले सदरमुकाम आउनुपर्छ, कर मात्र बढी तिर्नु पर्ने भएकाले नगरपालिका कर पालिका भएको छ’ राईले गुनासो गर्नुभयो ।
नगरपालिकाले अहिले रुम्जाटारमा वडा न १२ र १३ वडाका लागि एउटा मात्र वडा कार्यालय संचालनमा रहेको छ । अन्य सबै वडाका सेवाग्राही सामान्य व्यक्तिगत घटना दर्ता, तिरो तिर्ने तथा सिफासिरका लागि पनि सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।
दरबन्दी अनुसार कर्मचारी नहुँदा वडा कार्यालय स्थापना गर्न नसकिएको भन्दै नगरपालिकाले कार्यालय स्थापना गर्ने तयारी समेत गरेको छैन ।
Post a Comment