
चीनको साताब्यापी भ्रमणको लागि बेइजिङमा रहेको प्रधानमन्त्री ओली र राष्ट्रपति सि बीच सोमबार बेलुका भेटवार्ता भएको हो । उनले सोमबार विहान आफ्ना चिनिया समकक्षी लि खछ्याङलाई भेटेर आफ्नो राजनीतिक भेटघाट थालेका थिए । उक्त भेटमा उनले लीसँग १५ मिनेट जति एक्ला एक्लै भेटेका थिए । चीन तर्फबाट उच्चस्तरको भ्रमणबारे आफूहरुले अपेक्षा गरेको पनि बताएका थिए । उनले आफ्नो तर्फबाट समकक्षी लिलाई नेपाल भ्रमणको निमन्त्रणा समेत दिएका छन । उनलाई त्यहाँ राम्रो सम्मान समेत दिइएको थियो ।
त्यसपछि उनले विभिन्न १० बुँदे सम्झौता तथा समझदारीपछि राजनीतिक घेटघाटको क्रममा राष्ट्रपति सीसँग शिष्टाचार भेट भएको हो । उक्त भेटमा ओलीलाई नेपालको पछिल्लो अवस्थाको बारेमा सिले जिज्ञासा राखेका भ्रमण दलका एक सदस्यले जानकारी दिएका छन् । सिसँगको भेटमा ओलीले नेपालको राजनीतिक अवस्थाबारे र भूकम्पपछिको पुर्ननिर्माणको कार्य जानकारी गराउँदै दुईपक्षीय सम्वन्ध र चीनको सहयोगको बारेमा छलफल गरेका थिए ।
प्रधानमन्त्रीले संविधान जारी भएपछि नेपाल अव विकासको कार्यमा अघि बढेको भन्दै चीनको सहयोगको लागि समेत आग्रह गरेका हुन् । उनले चिनियाँ समकक्षीसँग पनि यही कुरा दोहोर्याएका थिए । उनले उच्चस्तरको भ्रमणबारेमा समेत आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले पनि नेपाल भ्रमण गर्ने जानकारी दिएका छन् । त्यसबारेमा सकारात्मक रहेको भन्दै चिनिया विदेश मन्त्रालयले समेत सन् २०१६ को अन्त्य सम्ममा नेपाल तर्फ उच्चस्तरको भ्रमणहरु हुने उल्लेख भएको छ ।
Post a Comment