
‘हामीसँग भाले गोही कम भएकाले भारतले सहयोग गर्न लागेको हो’, वैठकमा सहभागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा.महेश्वर ढकालले कान्तिपुरलाई भने, ‘त्यसो हुन सके गोहीको प्रजनन् बढ्न सक्छ ।’
डा.ढकालका अनुसार त्यसका लागि लगत्तै भारतबाट वन्यजन्तु प्राविधिकहरु अध्ययनका लागि नेपाल आउनेछन् । भारतबाट आउने प्राविधिक टोलीले चितवन निकुञ्जको मुख्यालय कसरामा रहेको ‘गोही प्रजनन केन्द्र’ को अध्ययन गर्नेछ । भारतले दिने गोही पनि त्यहीं राखिनेछ ।
प्रजनन केन्द्रको व्यवस्थापनमा खटिएका निकुञ्जका बेदकुमार खड्काका अनुसार पोथीको तुलनामा भाले गोही कम छन् । ‘एउटै भालेले ५/६ वटा पोथी राखेको हुन्छ’, खड्काले टेलिफोनमा भने, ‘चखेवा र ढुकुरको आफ्नै जोडी हुन्छ तर, गोहीले ६/७ वटासम्म पोथी राखेको हुन्छ, तै पनि पोथीको तुलनामा भाले कम नै छन् ।’
Post a Comment