
एनएका दिल्लीस्थित स्टेसन म्यानेजर अनिल घिमिरेले सुरक्षा जाँच पछि कुनै बम फेला नपरेकाे जानकारी दिए ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि ‘पुसब्याक’ गरिरहेको अवस्थामा प्लेनमा बम भएको सूचना त्यहाँको टावरमा पुगेपछि ट्याक्सीवेबाट रनवेतर्फ जाँदै गरेको जहाजलाई एयर ट्रफिकले, 'जहाजमा बम राखिएको सूचना आएको छ, उड्न मिल्दैन। जहाज सट डाउन गर्नुहोस भनेका थिए,' निगम स्रोतले भन्यो ।
त्यसपछि सबै यात्रुलाई ओरालेर जाँच सुरु भएको थियो ।
एनएको रेजिस्ट्रेसन नम्बर 9N-AKX भएको एयरबस ३२० लाई वरिष्ठ क्याप्टेन विजय लामा र कोपाइलट दिपु जुआरचनले दिल्लीबाट काठमाडौं ल्याउँदै थिए । उक्त विमानमा १५६ जना यात्रु छन् । दिल्लीमा रहेका मधेसी माेर्चाका शीर्ष नेताहरु तमलाेपा अध्यक्षा महन्थ ठाकुर र फोरम अध्यक्षा उपेन्द्र यादव पनि साेही विमानबाट काठमाडौं फर्किने प्रतिक्षामा दिल्ली विमानस्थलमा छन् ।
केही समय यता भारतबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका प्लेनमा बम रहेकाे गलत सूचना धेरै नै अाउन थालेकाे छ । बुधबार पनि दिल्लीबाट बैंककका लागि उडेकाे एयर इन्डियाकाे विमानमा बम भएकाे गलत सूचना अाएकाे थियाे । यसैबीच बुधबार दिल्लीबाट भारतकै भुवनेश्वर उड्न लागेकाे इन्डियन एयरलाइन्सको विमानमा पनि बम राखिएको हल्लाले उक्त विमानको पनि चेक जाँच गरिएको थियो ।
Post a Comment