
सो खण्डमा पर्ने याफ्रे खोलामा बेलिव्रिज निर्माण सुरु भए पछि अहिले यातायातनै बन्द गरिएकाले सर्वसाधरण पैदल हिड्न बाध्य छन् भने खाद्यान्न लगायतका सामाग्री ढुवानीमा समेत समस्या भएको छ ।
ताप्लेजुङ सदरमुकाम देखि थिवा सम्म पुग्न सवारी साधनमा करिव ४ घण्टा समय लाग्ने गरेको छ भने हिडेर ओहोरदोहोर गर्न करिब एक दिननै लाग्ने गरेको छ । थिवा क्षेत्रबाट दैनिक दर्जनौ सर्वसाधरण सदरमुकाम ओहोरदोहोर गर्ने गर्दछन् भने दुई वटा सम्म ढुवानीका सवारी साधन नियमित चल्ने गरेका छन् । यस्तै यस खण्डमा दुईवटा यात्रुवहाक ट्याक्सी चल्ने गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रका लिङ्खीम, तापेथोक, लेलेप, ओलाङ्चुङगोला, फुरुम्बो लगायतका स्थानिय यहि मार्ग हुँदै सदरमुकाम ओहोरदोहोर गर्ने गरेका छन् ।
ढुवानीका सवारी साधन नचल्दा अहिले खच्चर र भरियाको भरमा सामान ओसार पसार गर्ने गरिएको र यसरी ढुवानी गर्दा महङ्गो मुल्य तिर्नु पर्ने बाध्यता भएको स्थानियले बताएका छन् । लामो समय सम्म यातायात बन्द हुने भएकाले आफुहरु मारमा परेको स्थानियबासीले बताएका छन् । यता बेलव्रिज निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्ने कुनै टुंगो छैन् । ओलाङ्चुङगोला लोकमार्ग आयोजनाले चैत्र एक गते देखि बेलव्रिज निर्माण कार्य सुरु गरेको हो ।
Post a Comment