विराटनगर, चैत २ गते । मुलुक सङ्घीय प्रदेशमा गइसकेकाले लोकसेवा आयोगको पुनः संरचनाको आवश्यकता महशुस गरिएको छ ।
लोकसेवा आयोगद्वारा आज विराटनगरमा आयोजित सार्वजनिक प्रशासन सुधारमा लोकसेवा आयोगको भूमिका विषयक अन्तरक्रियामा सो आयोगका पदाधिकारीद्वारा सो धारणा प्रकट गरिएको हो ।
मुलुक सङ्घीय प्रदेशमा गइरहेको अवस्थामा लोकसेवा आयोगलाई निर्वाह गर्नुपर्ने भूमिकाका साथै आयोगलाई अझ विश्वसनीय बनाउनुपर्ने, केन्द्रीय र प्रदेशको लोकसेवाबीच समन्वय हुनुपर्ने,कर्मचारीको दक्षतामा अभिबृद्धिका लागि पहल गर्नुपर्ने, आरक्षण निश्चित अवधिको लागि हुनुपर्नेलगायतका सुझावहरु सहभागी कर्मचारीहरुले प्रकट गरेका थिए ।
सो अवसरमा लोकसेवा आयोगले लहान,हुम्ला र डोल्पामा परीक्षा केन्द्रको स्थापना गरेको, परीक्षा र काँपी जाँचलाई विश्वसनीय बनाउनका एउटा काँपीलाई दुईजना शिक्षकद्वारा जाँच गराउने गरिएको, दोहोरो काँडिङ्ग गर्ने गरिएको,आँनलाइनबाट फारम भर्ने व्यवस्था गरिएको लगायतका विषयमा सो आयोगका पदाधिकाद्वारा जानकारी गराइएको थियो ।
यसका साथै,लोकसेवा आयोगलाई निवृतिभरण पाउने कर्मचारीको सङ्ख्या प्राप्त नहुने गरेको,कार्यालयहरुमा रिक्त दरबन्दीको समयमा जानकारी नआउने गरेको, करार र अस्थायीमा कार्यरत कर्मचारीको जानकारी नआउने गरेको,निजामती कर्मचारीको दरवन्दी अद्यावधिक नहुने गरेकालगायतका विषयमा आयोगका पदाधिकारीले गम्भीर

सो अवसरमा लोकसेवा आयोगका सदस्य विन्दा हाँडाले लोकसेवा आयोगको विश्वसनीयतालाई गुम्न नदिनका लागि परीक्षा प्रणालीलाई अझ बढी परिष्कृत गरिने बताउनुभयो ।
लोकसेवा आयोगका सहसचिव लक्ष्मीनिवास कोइरालाले आयोग सार्वजनिक प्रशासनको अभिभावकरहेको चर्चा गर्दै आयोगको काम,कर्तव्य र अधिकारलगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी तोयम रायले कार्यक्रमको अध्यक्षता गर्दै कर्मचारीहरुलाई पहाडी जिल्लाहरुतर्फ बसाइका लागि आकर्षित पार्नका निर्धारित नितीमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । रासस
Post a Comment