
आयोग सदस्यमा श्याम भूर्तेल, डोरमणि पौडेल, डा. माधव अधिकारी, पवित्रा श्रेष्ठ सुब्बा, सुनीलरन्जन सिंह, धीरज शाहलाई तोकिएको छ ।
सरकारले एक जना सदस्य भने नियुक्त गर्न बाँकी रहेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । उनका अनुसार आयोगको सदस्य सचिवमा भने नेपाल सरकारका एकजना सहसचिव रहने छन् । उनले भने, 'तर कसलाई राख्ने भन्ने अन्तिम टुंगो भने लगाइसकिएको छैन ।'
नयाँ संविधानले ६ महिना भित्र यस्तो आयोग गठन गरिसक्ने प्रावधान राखेको थियो । उक्त प्रावधान अनुसार नै यो आयोग गठन भएको हो । संविधानको धारा २९५ उपधारा ३ मा ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्नका लागि नेपाल सरकारले एक आयोग गठन गर्ने’ उल्लेख छ । आयोगले मापदण्डका आधारमा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्नेछ ।
संविधान जारी भएको ६ महिना आज पुग्दै छ ।
आयोगले सिफारिश गरेको आधारमा अब गाविसहरु गाउँपालिका, नगरपालिका, संरक्षित र विशेष स्वायत्त्त क्षेत्रको सीमा फेरबदल हुन सक्नेछ ।
यसैगरी मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री चैत ७ देखि १४ गतेसम्म चीन भ्रमणमा जाँदै छन् ।
Post a Comment