Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ह्याकरद्वारा बंगलादेशको केन्द्रिय बैंकबाट १० अरब ७० करोड रुपैयाँ बराबरको चोरी

एजेन्सी ।  बंगलादेशको केन्द्रिय बैंक (सेन्ट्रल बैंक अफ बंगलादेश) ह्याकरहरुको आक्रमणामा परेको छ । ह्याकरहरुले ह्याक गरी १०० मिलियन डलर अथात् लगभग १० अरब ७० करोड रुपैयाँ बाराबरको रमक चोरी गरेका छन् । बंगलादेशको बैंकिङ क्षेत्रमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो चोरी हो ।
ह्याकरहरुले पेमेन्ट–ट्रान्सफर कोड पत्ता लगाएर सोकम विदेशमा ट्रान्स्फर गर्न सफल भएका छन् । यसको लगत्तै सेन्ट्रल बैंक अफ बंगलादेशले थप ८७० मिलियन डलर अर्थात ९३ अर्व ९ करोड रुपैयाँ बराबारको डरलाग्दो चोरी हुन लागेको थाहा पाएर रोक्न सफल भएको छ ।
यसैबीच बंगलादेशका अर्थ मन्त्री अबुल माल अब्दुल मुहिथले भने न्यु योर्क फेडलाई यस्तो भयक्कर क्षतिको जिम्वेवार भएको आरोप लगाएका छन् । उनका अनुसार द फेडरल रिजर्भको अकाउन्ट ह्यान्डल गर्ने बाट गल्ति भएकाले यस्तो घटना भएको हो । उनले भनेका छन् “हामीलाई प्राप्त अहिलेसम्मको जानकारीअनुसार फेडरल रिजर्भले बंगलादेश बैंकलाई यस्तो ट्रान्जेक्सन बारे इन्स्टक्सन आएको छ, कृपया कन्फर्म गर्नुहोला भनेर मेसेज अएको थियो तर बंगलादेशले सो ट्रान्जेक्सन झुट हो भनेर रेस्पोन्स गर्नुअघि नै सो १०० मिलियन डलरको ट्रान्जेक्सन भइसकेको थियो । यसकारण यसको जिम्वेवार फेडेरल रिजर्भ नै हो ।”
तर, अर्कोतर्फ न्यु योर्क फेडले बंगलादेशी अर्थमन्त्रीको यस्तो भनाइको खण्डन गरेको छ । फेड सिस्टमले कम्प्रोमाइज गरेको कुनै प्रमाण नभएको दाबी गरेको छ । उसका अनुसार ट्रान्स्फर विलकुलै स्ट्यान्डर्ड अथेन्टिफिकेशन प्रोटोकल्सअनुसारै अधिकृत रहेको थियो ।
अधिकांश सेक्युरिटी विज्ञहरुका अनुसार ह्याकरहरुले बैंक भित्रकै कुनै कर्मचारीलाई हातमा लिएर यो कार्य गरेको हुन् जसले बैंकले काम गर्ने आन्तरिक संरचनालाई राम्रोसँग बुभेर चोरी गरेको हुनुपर्दछ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget