काठमाडौँ , चैत ६ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता परिएका घटनाको छानबिन गर्न दुई महिना भित्र उजुरी दिन आह्वान गरेको छ ।

आयोगले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउनका लागि आगामी वैशाख २ गतेदेखि जेठ मसान्तसम्म दुई महिना उजुरी गर्न आह्वान गरेको हो ।
व्यक्ति बेपत्ता पारिएका कार्यबाट पीडित व्यक्तिले उजुरी दिनका लागि ११ बुँदे प्रावधान रहेको छ । त्यसमा २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको घटनासँग सम्बन्धित हुनुपर्ने, उजुरीमा आफूले देखे-थाहा पाएका सबै कुरा उल्लेख गर्नुपर्ने रहेको छ ।
त्यस्तै, पीडितले आफूसँग भएसम्म प्रमाण उजुरीमा पेस गर्नुपर्ने, उजुरी आयोगको केन्द्रीय कार्यालय वा जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालय वा आफ्ना प्रतिनिधिमार्फत दिन सकिनेछ । त्यसका लागि उजुरी फाराम निःशुल्क रुपमा आयोगको वेबसाइड यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिनेछ ।
उजुरी खामबन्दी गरी पेस गर्न सकिनेछ भने कसैले मौखिकरुपमा उजुरी दिन चाहेमा आयोगसमक्ष दिन सक्नेछ । हुलाक, इमेलबाट ciedpnepal@gmalif\.com,info@ciedp.gov.np
मा पैसा नलाग्ने टेलिफोन १६६००१२२१११ मा उजुरी गर्न सकिनेछ ।
मा पैसा नलाग्ने टेलिफोन १६६००१२२१११ मा उजुरी गर्न सकिनेछ ।
आयोगका प्रवक्ता विष्णु पाठकले बिहीबार आयोगको नियमावली आएकाले काम सुरु गर्न सहज भएको र उजुरी गर्न कुनै दस्तुर नलाग्ने भएकाले तोकिएको अवधिभित्र उजुरी गर्न आग्रह गरे ।
आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले नियमावली आएकाले काम गर्नका लागि बाटो खुलेको भन्दै दुई महिनाभित्र व्यक्ति बेपत्तासम्बन्धी सबै घटनाको पीडितले उजुरी दिन सकिने बताए ।
सो आयोग २०७१ माघ २८ गते स्थापना भएको थियो । ऐन, नियमावली निर्माणका कार्यले गर्दा आयोगले व्यक्ति बेपत्ताको खोजी कार्य अघि बढाउन सकेको थिएन । रासस
Post a Comment