नेपालगन्ज , चैत ६ गते । नेपालगन्जको एक कपास उद्योगमा भिषण आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालीका– २७ पुरैना वसन्तचोक नजीकै रहेको वालाजी कपास उद्योगमा आगलागि भएको छ ।

बिहान लागेको आगो दमकल, प्रहरी, सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
पंकज कुमार वैश्यको कपास उद्योगमा विजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करीव १ करोड २० लाख रुपैया क्षति भएको समेत प्रहरीले जनाएको छ ।
उद्योगमा कपास, कञ्चा पदार्थ नष्ट भएको छ । उद्योगबाट अन्य घरमा क्षती नहोस भनने उद्देश्यले कालिका र एसके भटटाको जेसीपीमार्फत पर्खाल भत्काएर आगो नियन्त्रण प्रयास गरिएको थियो ।
विहान ४ बजेतिर विद्युत सट भइलागेको आगो ९ बजे मात्रै निभाइएको छ ।् क्षतिको विस्तृत विवरण भने आइ नसकेको बाँकेका प्रहरी नायब उपरीक्षक भिम किरण बोगटीले जानकारी दिए ।
दमकलको अभावमा आगो निभाउन समय लागेको हो । नेपालगन्जमा एक मात्र दमकल रहेको त्यसले राम्रोसँग पानी फाल्न सक्दैन । दमकलको अवस्था राम्रो नभएकोले आगो निभाई समय लागेको दमकलका एक कर्मचारीले बताए ।
Post a Comment