
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘यो सरकारसँग संसदमा सुविधाजनक बहुमत छ, त्यसैले ओलीजी बाहिरिएर अरु कोही आउने सम्भावना छैन ।’
कांग्रेस सरकारमा नआए पनि सत्ता र प्रतिपक्षमा बस्दा पनि संविधानको कार्यान्वयन गर्न, मुलुकलाई समृद्ध बनाउन र मुलुकको समस्या समाधान गर्न दलहरु एक ठाँउमा आउनै पर्ने उनले बताए ।
उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धिमुलक बनाउन व्यापार तथा पारवहन, थप नाका खोल्ने, विप्पा लगायतका सम्झौता गर्न पार्टीले सुझाव दिएको जानकारी दिए ।
कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले मधेसी मोर्चाले राखेको माग सम्बोधन नभए चैत्र मसान्तपछि कठोर आन्दोलनमा जाने चेतावनी दिए ।
Post a Comment