
शनिबार बुटवलमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खाँणले अहिलेको सरकार कमजोर धरातलमा बनेको भन्दै ठूलो दलको नेतृत्वमा नै राष्ट्रिय सरकार गठन हुनुपर्ने जिकिर गरे । नेपालमा सरकार गठनको परिपाटी नै उल्टो भएको भन्दै उनले भने-‘जुन-जुन ठूला दल हुन्, सरकार उनीहरुको नेतृत्वमा हुनुपर्छ ,यहाँ त ठूला दल बाहिर, साना दलहरुको प्राविधिक गठबन्धन कस्तो अचम्म ?’
उनले कांग्रेसको महाधिवेशन सकिएलगतै राष्ट्रिय सरकार बन्ने बताए । अहिले सरकार गठन प्रक्रिया नै बेठिक भएको भन्दै उनले अब ठूलो पार्टीबाटै प्रधानमन्त्री हुनु पर्ने बताए ।
उनले पार्टी संसदीय दलको नेता सभापति नै हुने बताए । देउवा निकट नेताको रुपमा चिनिएका खाँणले भने -‘प्रधानमन्त्री पार्टी सभापती हुँदा राम्रो हुन्छ, जसरी सुशीलदा आफैं प्रधानमन्त्री, आफै सभापती हुनुभयो, त्यसरी काम गर्न सजिलो हुन्छ ।’
Post a Comment