
आर्थिक वर्ष ७१÷७२ मा जिल्लामा १३ स्थानमा आगलागी भएका थिए भने ११ घर जलेर नष्ट हुनुका साथै ४८ लाख ९३ हजार ४ सय आर्थिक क्षती भएको थियो ।
चालु आर्थिक बर्षको दोस्रो चौमासिकमा २० स्थानमा आगलागी भइसकेको छ भने १९ घर जलेर नष्ट हुनुका साथै ७३ लाख १६ हजार २ रुपैयां बराबर भएको जिल्ला प्रहरी कार्यालय ओखलढुगांले जनाएको छ ।
जिल्लामा जुनियर प्रहरी निरीक्षको कमाण्डमा १५ जनाको उद्धार टोली तयारी अवस्थामा रहेकोे जिल्ला प्रहरी कार्यालय ओखलढुगांका प्रहरी निरीक्षक दिपक शाहले बताउनु भयो ।
आगलागि पीडितका लागि तत्काल सहयोगको लागी ५ जनाको सुरक्षा टोली बनाइएको उहाको भनाइ छ । वन डढेलो लाग्ने समयमा जथाभावी सल्किएको चुरोट फाल्ने, लापरवाहि तरीकाले आगोको प्रयोग गर्ने, जनचेतनाको कमी लगायतका कारणले आगलागीका घट्ना बढ्ने गरेका छन् । नागरिकहरूलाई आगलागीबाट सचेत र सतर्क रहन पनि प्रहरीले आग्रह गरेको छ ।
Post a Comment