
३६ बर्षीय तीर्थबहादुर घलेले ढोकाको गजबार, चिर्पट तथा दाउराले हान्दा आफ्नै बुबा ७६ बर्षीय मीनबहादुर घले र माइलो बुबा ८४ बर्षीय धनबहादुर घलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकालले बताए । आमा ७६ बर्षीया बर्दी घले र माइलीआमा हिमचुली घले घाइते छन् ।
शुक्रबार साँझ ८ बजेतिर तीर्थबहादुरको प्रहारबाट घाइते भएका मीनबहादुर र धनबहादुरलाई ‘उपचार असम्भव’ भएको भन्दै चितवन मेडिकल कलेज भरतपुरले फिर्ता पठाएको थियो । चितवनबाट बेसीसहरतर्फ ल्याउँदै गर्दा शनिबार बिहान साँढे ९ बजेतिर बाटोमा दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ । उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएका माइली आमा हिमचुलीलाई पनि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ । आमा बर्दी र माइलीआमा हिमचुलीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न तीर्थबहादुरलाई प्रहरी पक्राउ गरेको छ । उनका अनुसार राति झगडा गरेर आफ्नै बुबामाथि तीर्थबहादुरले सुरुमा ढोकामा लगाउने गजबार प्रहार गरेका थिए । त्यसपछि आमालाई लखेट्दै लगेको र पालैपालो आफन्तलाई अन्दाधुन्दा प्रहार गरेका थिए । प्रहरीले तीर्थबहादुरको मानसिक सन्तुलन ठीक नभएको देखिएको जनाएको छ । स्थानीयले समेत उनको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् ।
Post a Comment