
उनले स्रष्टाहरुको मुलुक निर्माणमा महत्वपूर्ण योगदान भएको भन्दै सबैको साझा प्रयासबाट मात्र मुलुकको विकास सम्भव हुने बताए ।
समाज सुधारको लागि साहित्य र सञ्चारक्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने भएकाले कला र साहित्यको सम्मान गर्न सक्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपालको सञ्चार क्षेत्रका विशिष्ट योगदान पुर्याएको भन्दै इमेज गु्रप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी नाट्यकर्मी श्रीमती सकुन्तला गुरुङ शर्मा, नेपालको पहिलो पथ प्रदर्शक महिला श्रीमती इन्दिरा जोशी र समाजसेवी विश्वनाथ भण्डारीलाई राष्ट्रकवि घिमिरेले दोसल्ला ओढाएर सम्मान प्रदान गरे ।
- इमेज खबर समाचार बाट
Post a Comment