Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भ्रष्टाचार गरेको आरोपमा कालोमोसो

दाङ्ग, फाल्गुन १९ गते । जलउत्पन्न प्रकोप नियन्त्रण १८ नम्वर डिभिजन कार्यालय लमही दागंका प्रमुख वेदानन्द उपाध्यायलाई  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीले भ्रष्टाचार गरेको आरोपमा कालोमोसो दलेको छ ।

images (3)

५ जनाको समुहमा आएका माओवादी कार्यकर्ताले उपाध्यायलाई कार्यकक्षभित्रै भ्रष्टाचारी भन्दै मोसो दलेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम बहादुर खड्काले बताए ।

प्रहरी तत्कालै कार्यालय पुग्दा मोसो दलेर भागिसकेको उनले बताए । किसान संघ क्रान्तिकारीले एक प्रेस बिज्ञप्ती जारी गरी उपाध्यायलाई भ्रष्टाचार गरेको आरोपमा कालोमासे दलेको जानकारी दिएको छ ।

नीतिगतरुपमा उपभोक्ता समितिमार्फत गरिनुपर्ने कामलाई लाखौं रुपैयाा कमिसन लिएर ठेकेदारमार्फत गराएको संघको आरोप छ । कमिसनको खेलमा गुणस्तरीय काम नहुादा उपभोक्ताहरु ठगिएको बिज्ञप्तीमा उल्लेख छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget