गोपाल पोख्रेल ,
मोरंग , फागुन ३० गते । उर्लाबारी ४ की १६ वर्षीया एक बालिकालाई ४४ वर्षीय आफनै बुवाले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरीएको छ । ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईका अनुसार पिडितले आज ईलाका प्रहरी कार्यलय उर्लाबारीमा मुद्दा दर्ता गराउनु भएको छ ।

१६ वर्षीया बालीका घरमा एक्लै भएको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै गत फागुन २९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपी ४४ वर्षीया बाबु लाई सो दिन पक्राउ गरीएको ईलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परिक्षण प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।
Post a Comment