Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बिरामीले डाक्टरलाई भन्ने ५ झुट

गत वर्ष म एउटा अनौंठो टेलिभिजन सोमा भाग लिए । ‘डक्टर इन योर हाउस’ नामक सो कार्यक्रम अन्तर्गत म बिरामीको घरमा नै पुगे । कार्यक्रममा सहभागी हुँदा एउटा तथ्य प्रमाणित भयो । बिरामीले जनरल फिजिसियनलाई सधै सत्य तथ्य बताउदैनन् । हामीले जति मदिरा पिए पनि चिकित्सकको अगाडि कहिलेकाँही पार्टीमा पिउने गरेको भन्छौ । त्यस्तै नियमित चुरोट सेवन गर्नेले पनि साताको एक पटक भन्ने तयारी जवाफ आउँछ । त्यस्तै डाइट खाने सवालमा पनि हामीले आफूलाई धोका दिएका हुन्छौं । अनि दावी गछौं – चराले जस्तै खाँदा पनि तौल बढ्यो ।

doctor-clip-art-direp8z7T

म आफ्नो काम र सम्बन्धमा खुसी छु

कचकचे हाकिम, कामको चाप लगायतले हाम्रो स्वास्थ्यमा हानी गरिरहेको हुन्छ । तापनी मानिसहरुले यसको प्रभावलाई अवमुल्यांकन गरेका छन् । तसर्थ आफूलाई आनन्द लाग्ने काम छैन भने यसलाई ‘सुन्दर’ भनेर बढाइचढाइ नगर्नुहोस । तपाईलाई चैन छैन वा रमाइलो लाग्दैन भने त्यो काम राम्रो होइन । त्यस्तै असफल बिवाह वा व्यक्तिगत जीवनका कारण पनि तपाईले तनाव भोगेको हुनुपर्छ । तपाईको जागिर वा पार्टनरले तपाईलाई खुसी दिएको छैन भने छैन भन्न सक्नु कमजोरी होइन ।  यदि तपाइले चिकित्सकलाई सत्य भन्नुभयो भने तनाव व्यवस्थापन गर्ने विभिन्न प्रकारका सहयोग प्रदान हुन सक्छ । सबै कुरा प्रष्ट भन्दा धेरै परीक्षण पनि गर्नुपर्दैन ।

थौरै खाँदा पनि तौल बढ्यो

बिरामीको यो वाक्यांश मेरो साथी र मैले बारम्बार सुन्ने गरेका छौैं । मलाई लाग्दैन की बिरामीले नियतवश ढाँट्दैन । हामीले खाने क्यालोरिको वास्तविक परिणामबारे हामीले आफैलाई ढाँटेका हुन्छौ । जस्तै जिमखानाको सदस्य हुदैमा जिमखाना गएका हुन्छौं भन्ने हुन्न । एउटा तितो सत्य के हो भने उपचारका बहानामा हामीले घेरै झुट बोलेका हुन्छौं । तर झुटले हामीलाई गलत उपचार प्रणालीतर्फ धकेल्न सक्छ । उदाहरणको लागि यदि तपाईको उच्च रक्तचाप छ भने सुरुमा चिकित्सकले तपाईलाई जीवनशैली परिवर्तन गर्न सुझाव दिन सक्छ । तर तपाईले चिकित्सकलाई ढाँट्नु भयो भने चिकित्सकले यस चरणलाई बाइपास गर्न सक्छ र प्रारम्भिक चरणमा नै औषधी दिन सक्छ ।

म साताको एक पटकमात्र पिउछु/चुरोट खान्छु

बिरामीको आदत देख्दा लाग्छ धुमपान र मदिरा सेवनबारे चिकित्सकलाई ढाट्ने कुरा कानूनमा नै लेखिएको छ । हामीले सुरुमा नै बिरामीको जीवनशैलीलाई मुल्यांकन गछौं । कतिपय बिरामीले आफूले कहिलेकाँही चुरोट पिउने बताउछन् भने केहीले साताको एक पटक पिउने गरेको बताउँछन् । तर विष धेरै खानु पर्दैन । मदिरा सबेन र धुमपान रोगका लागि खतरनाक तत्व हुन् ।

मैले औषधी खाइरहेकी छु

प्राय बिरामीहरुले आफूले खाएको औषधीको बारेमा ढाँट्ने गर्छन् । अमेरिकाको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार आफुले खाने औषधीको मात्रा ढाट्दा बर्षीनी ३० करोड डलर बराबरको रकम थप खर्च हुने गरेको छ । फार्मेसीमा फिर्ता भएको औषधीमध्ये आधा औषधी खोलिएको हुदैन । यदि तपाईले औषधी लिनुभएको छैन भने इमान्दारीपूर्वक चिकित्सकलाई भन्नुहोस । - डा. इलाई क्यानोन , स्वास्थ्य खबर डट कमबाट

 

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget