Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाली कांग्रेस ओखलढुंगाको क्षेत्रिय अधिबेशन सम्पन्न, पूर्व मन्त्री र ट्रेड युनियन कांग्रेसका केन्द्रिय अध्यक्ष नै क्षेत्रमा पराजित

रेणु पराजुली ओखलढुगां, २४ माघ ।

नेपाली कांग्रेस ओखलढुंगाको दुवै निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । अबिधेशनको मत परिणामले ओखलढुंगामा संस्थापन पक्ष भन्दा देउवा पक्ष बलियो देखिएको छ । कांग्रेसको ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रिय सभापति पदमा १४० मत ल्याएर दान बहादुर बानिया विजयी हुनु भएको छ । त्यस्तै सचिवमा गोपालमान थापा विजयी भएका हुनुभएको छ । त्यसैगरी क्षेत्रीय सदस्यहरुमा प्रविण राई, किरण राई, कोपिला खतिवडा, कमल बहादुर सुनुवार, कुमार थापामगर, टेक बहादुर मगर, अर्जुन खतिवडा, रणमान भुजेल र दिपक दाहाल निर्वाचित हुनुभएको छ । त्यसैगरी महाधिबेशन प्रतिनिधिहरुमा खुल्ला तर्फवाट बालकृष्ण दाहाल, तेजेन्द्र खनाल, मित्रसेन दाहाल, डिल्लीराम खनाल, लिलाबल्लभ दाहाल “काका” र टेकराज भट्टराई निर्वाचित हुनुभएको छ । आरक्षण कोटा अन्तर्गत जनजातीवाट पेमाङीमा शेर्पा, दलितवाट युवराज गजमेर, महिलावाट गोमा केसी र हेमा लक्ष्मी राई, अल्पसंख्यकवाट प्रदिप कुमार सुनुवार विजयी हुनुभएको छ । विजयी प्रदीप कुमार सुनुवार नेपाली कांग्रेस ओखलढुगाका निवर्तमान जिल्ला सभापती समेत हुन् । नेपाली कांग्रेस ओखलढुंगाको निर्वाचन क्षेत्र नं. २ बाट महाधिबेशनको प्रतिनिधिहरुको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार खुल्लामा वर्तमान सांसद रामहरी खतिवडा, रुद्र अधिकारी, कमल तामाङ्ग, कुमार लुईटेल, अशोक कार्की, राम्जी बास्तोला निर्वाचित हुनुभएको छ । त्यस्तै महिला तर्फवाट बाला अधिकारी र सबिता राई, जनजातिको तर्फवाट ज्ञानेन्द्र रुम्दाली, अल्पसंख्यक वाट गुणराज भट्टराई र दलितवाट होम बहादुर बिश्वकर्मा विजयी हुनुभएको छ । क्षेत्रिय सभापतिमा मोतिराज राई निर्वाचित हुनुभएको नेपाली काँग्रेसले जनाएको छ । काँग्रेसको अधिवेशनमा धेरै शिक्षकहरु समेत क्षेत्रीय प्रतिनिधीमा छनौट भएका छन् । कतिपय शिक्षकहरु प्रत्यक्ष राजनीतिमा समेत देखिएका छन् । कुन्तादेवीको सरस्वती माविका प्रधानाध्यापक नन्दलाल गिरी महाधिवेशन प्रतिनिधीको चुनावमा पराजीत हुनुभएको छ भने शिक्षक संघका जिल्ला अध्यक्ष सविता राई महाधिवेशन प्रतिनिधी विजयी हुनु भएको छ । पूर्व मन्त्री र प्रभावशाली नेता नै पराजित ओखलढुँगामा जिल्लाको प्रभावशाली मानिएका का“ग्रेस नेता क्षेत्रीय अधिवेशनबाटै बाहिरिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा क्षेत्र नम्बर १ को अधिवेशनमा खुल्ला तर्फबाट ट्रेड युनियन का“ग्रेसका केन्द्रिय अध्यक्ष खिलानाथ दाहाल पराजित हुनुभएको छ । देउवा निकट मानिने दाहाललाई आफ्नै प्यानलले अन्तर्घात गरि हराएको विश्लेषण गरिएको छ । त्यसैगरि देउवा पक्षकै पूर्व मन्त्री होमनाथ दाहाल समेतले हार व्यर्होनुभएको छ । पुराना र अग्रज मानिने महेश कोर्मोचा अल्पसंख्यकबाट महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा प्रदीप सुनुवारस“ग पराजित हुनुभयो । सा“गठनिक हिसाबले संस्थापन पक्ष बलियो भएको भनिए पनि क्षेत्रीय अधिवेशनको परिणाम ठिक उल्टो भएको छ । छ
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget