
सुप्रिया राई

रोजगारका लागी भारत गएर फर्केका श्रीमान देउमान लिम्वुको मृत्यु एच आइभी को संक्रमण वाट भएको थाहा पाए पछि प्रिती सुव्वाको जिवनमा आधिवेरी भुकम्प आयो । श्रीमान वाट आफुलाई एचआइभि का जिवाणुले संक्रमण गरेको कुराले प्रितीलाई भावविभल त वनायोनै त्यही माथी साना साना दुई छोराहरुको भविष्य निमार्ण गर्नु पर्ने जिम्वेवारी यि सवै चुनौतीहरुलाई पार गर्दै प्रितीले एचआईभी संक्रमितहरुको हकहितका लागी इटहरीमा संचालीत प्रयास महिला समुहमा अध्यक्षताको भुमिका निभाई रहेकी छिन् । प्रितीले संचालन गरीरहेको प्रयास महिला समुहमा २९ जना संक्रमित सदस्य छन् । तर प्रत्येक महिनाको आइतवार गरीने मिटीङ मा भने ४०,४५ जना संक्रमितहरु भ्ोला हुन्छन् । संस्थामा भेलाहुने संक्रमितहरु कोही खेतीपाती गर्छन्, कोही चटपटे वेच्छन्, कोही होटल व्यावसाय गर्छन्, प्राय सवै आफ्नो आफ्नै रुचि अनुसारको व्यवसायमा संलग्न छन् । संक्रमित सदस्यहरु प््रााय सवै श्रीमान वाटनै एचआइभि को सिकार भएको र २ जनालाई मात्र आफै भएको कुरा प्रिती भन्छिन् ।एक अविवाहित युवतीले संक्रमित पुरुस संग विवाह गरेर वसेकी छिन् । वच्चा जन्माउने अधिकार प्रत्येक महिलालाइ हुने भएको ले गर्दा एचआईभी संक्रमितहरुले पनि डा.को सल्लाह अनुसार वच्चा जन्माउन सक्ने छन् ।पहीलो कुरा त एचआईभी संक्रमित आमानै सारीरीक रुपमा कमजोर हुने हुदा नजन्माउन नै सल्लाह दिने हो भन्छीन प्रिती । तर अन्तीम इक्षा राख्ने हरुलाई डा.को सल्लाह अनुसार गर्भमा वच्चा आए देखी वच्चा पैदा भए सम्म हस्पीटलमा नै आवस्यकता अनुसारको परामर्स लिन जानकारी दिइन्छ ,संक्रमित महिलाहरुलाई घर परीवार र समाजले हेर्ने नजर त हाम्रो नेपाली समाजमा भिन्ननै छ । त्यसै पनि हाम्रो देश पुरुस प्रधान देश हो । महिलाहरु पुरुसको तुलानामा वढिनै हिंसामा परेको पाइन्छ ।त्यहि माथी संक्रमित वुहारीहरुलाई त फरक नजरले हेर्नेनै भो ।एक संक्रमित धरानकी महिला सिता भन्छिन् । संक्रमित भए पछि खाना भिन्न ठाँउमा दिने । आफ्नो घर सम्पतिमा हकअधिकार नदिने,कुनै पनि पारीवारीक योजनाहरुमा आफ्नो कुनै पनि राय विचार राख्न नपाइने छिट्टै मर्दैछ हई भन्ने सोचले हेरीदिने यस्ता पं्रकारका व्यावहारहरु आफन्त वाट पाइने वताउछिन् ।सुनसरी जिल्ला स्वास्थ्य निरीक्षक राजनारायण मण्डलका अनुसार सुनसरी जिल्ला मा महिला,पुरुस,तेस्रो लिङगी गरेर एक हजार तिनजनामा एचआईभी संङक्रमित भएको वताउनु हुन्छ । त्यसै गरी धरान १५ का विवस लिम्वु पनि एचआइभी संक्रमित हुन् । विवस संग प्रसस्त प्रतिभा भएर पनि सामाजिक कामहरुमा घुलमिल हुन नसक्ने समाजको अगाडी आफुलाई एउटा अपराधी भए जस्तो महसुस हुने र कुनै पनि संघ संस्थामा आवद्ध अभई घर भित्रनै आफ्नो मृत्युलाई पर्खेर वसीरहेको वताउछन् । एचआईभि संक्रमित महिलाई त यो समाज मा वाच्न कठिन नै छ तर पुरुसहरुलाई पनि उतिकै कठिन भएको वताउछन् धरान १६ का सन्तोस श्रेष्ठ आफुलाई घर परिवार वाट त राम्रो नै व्यावहार छ तर यो समाज वाट भने आफु तिरस्कृत नेै भएको महसुस गर्छन् । कसैले आफ्नो रोगको विषयमा थाहा पाई जान्छन् की भनेर आफु निकै डराएको र कुनै पनि सामाजीक कामहरुमा अगाडी नवडेको वताउछन् ।
Post a Comment