
सुनसरी जिल्लाको इटहरी १२ खनारमा वावा शिवनारायण शाह र आमा मानति देवि शाह को कोख वाट २०५०साल मा जन्मनु भएका सञ्जीत शाहले खनारकै सनसाइन इंलिस स्कुल वाट एस एल सी सम्मको अध्यन सके पछि इटहरीको पाथिभरा कलेज वाट प्लस २ सम्मको अध्यन सकेर रोजगारीको लागी कतार जानु भयो तर त्याहा पुगेको केही समयमानै विरामी भए पछि नेपाल फर्किए त्यस पछि तुरुन्त त्रिलोक वचत तथा ऋण सहकारी संस्थाको स्थापना गरी व्यवस्थापकको रुपमा काम गर्दै आइरहनु भएको छ,युवा संघ नेपाल को क्षेत्र नं. २ का क्षेत्रिय सदस्य हुनुहुन्छ त्यसै गरी इटहरी उपमाहानगरपालीका १२ का वडा सदस्य साथै सञ्जितले १२ जना साथीहरु संग मिलेर द युनिटी स्टार युथ क्लव स्थापना गरी अध्यक्ष भएर काम गरीरहनु भएको सञ्जीत संग सुप्रिंया राईले गरेको छोटो कुराकानी पं्रस्तुत गरीएको छ ।
तपाइको द युनिटी स्टार क्लवले के कस्तो कामहरु गर्ने गर्छन् ?
समाजमा रहेको विसंगती विरुद्ध विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै आएका छौ दुव्र्यसनमा लागेका युवाहरुलाई उनिहरुको इच्क्षा अनुसार विभिन्न गेमहरु खेलाउने जस्तै क्रिकेट,फुटवल,व्याडमिन्टल लगायतका खेलहरु खेलाउने साथै चेतनामुलक नाटक स्कुल,महोत्सव,सांंगितीक कार्यक्रमहरुमा देखाउने गरेका छौ ।
तपाइहरुलाई स्थानिय राजनितीदलका प्रतिनिधि,वुद्धिजिवीहरुले कतिको सहयोग गरेको छ ?
स्थानियको धेरै सहयोग छ हामीलाई क्लव दर्ता गर्न देखि विभिन्न सल्लाह सुझावहरुको सहयोग छ हामीलाई ।
यस्तो संस्था स्थापना गर्ने प्रेरणा तपाईलाई कस्ले दियो ?
सानै देखि समाज सेवा गर्ने मेरो रुचि थियो समाज सेवा गर्नलाई कुनै संघ संथामा आवद्ध भए सजिलो हुने भएकोले पनि संस्था को स्थापना गरेको हो ,।
सामाजिक क्षेत्रमा काम गर्न घर परिवारले कतिको सहयोग गर्नु भाछ ?
सुरुमा घरपरिवारले पढाई विग्रिन्छ भनेर निकै सम्झाउनु हुन्थ्यो तर म लागी परीरहे त्यस पछि मैले गरेको राम्रो कामहरुले प्रभाभित भए पछि अहिले आएर पुर्ण रुपमा मलाई सहयोग गर्नु हुन्छ ।
एक पल्ट विदेस गइ सक्नु भएको फेरी जाउ जाउ लागेन ?
लागेन विदेशमा गएर धेरै कुरा सिक्ने अवसर पाए विदेशमा काम नगरी खान पनि दिइदैन,विदेसमा जस्तो दुःख गर्ने हो भने धेरैनै आयआर्जन गर्न सकिन्छ नेपालमा ।
संघ सस्थामा काम गरेर कतिको सन्तुष्टी हुनुहुन्छ ?
धेरैनै खुसी छु ,आफ्नो इच्क्षा अनुसारको काम गर्न पाउदा जो पनि खुसी हुन्छ ।मलाई आफु जन्मेको ठाँउमा उन्नती प्रगती गरेर समाजमा उदाहारणीय मान्छेक वन्ने रहर छ ।
तपाईहरुको क्लवमा सरकारले के गरीदिए हुन्थ्यो जस्तो लाग्छ ?
काम गर्ने संघ संस्थाहरु त धेरै छन् त्यसमा पनि उनिहरुको गतिविधि नियालेर आवस्यकता अनुसारको लगानी गरीदिए सुनमा सुगन्ध हुने थियो , हाम्रो खनार प्राय गाउले ढाकेको छ ,त्यसैले यहाको दिदि वहिनीहरु त्यति खुलेर वोल्न चाहानु हुन्न त्यसकाण महिला तालीम कर्ता भए अझ सजिलो हुने थियो ।
के भन्नु हुन्छ अत्यमा ?
फागुन ७गते दुव्र्यसनि विरुद्धको सांगितिक कार्यक्रम गर्न लागेका छौ त्यसमा हामी राष्टीय स्तरका कलाकारहरुको सहभागीता रहने छ हामी विषेस गरी दुव्र्यसनि मा फसे पछिको परिणम कस्तो हुन्छ र त्यस वाट छुटकारा पाउन के के गरीन्छ जस्ता कुराहरु लाई फोकस गर्ने छौ ,।
Post a Comment
Bhanu Parajuli liked this on Facebook.
Praween Upadhyaya liked this on Facebook.
Binay Shrestha liked this on Facebook.
Bharat Dahal liked this on Facebook.
Hem Giri liked this on Facebook.
KriNxu SheRpa liked this on Facebook.
Ráàz Záàw Gáàw Táàm liked this on Facebook.
Sanjula Khadka liked this on Facebook.
Uttam Khadka liked this on Facebook.
Remain Flowing liked this on Facebook.
Dipendra Khadka liked this on Facebook.
Prashant Jang Niroula liked this on Facebook.
Roshan Adhikaree liked this on Facebook.
Jayandra Sharma liked this on Facebook.
Bhojraj Bhattrai liked this on Facebook.
Dipak Karki liked this on Facebook.