
‘घरेलु समस्या समाधान गरेर जाँदा राम्रो,’ अध्यक्ष यादवले भने, ‘तर मधेसका समस्या जहाँका तही छन् यही अवस्थामा भारत भ्रमणको कुनै उपलब्धी र औचित्य हुन्छ जस्तो मलाई लाग्दैन् ।’
यादवले आफनो घर भित्रको समस्या लथालिङग पारेर छाडेर गएको खण्डमा भारतीय पक्षले प्रश्न उठाए प्रधानमन्त्री केपी ओलीले के जवाफ दिन्छन्? भनेर प्रश्न गर्दै भारत भ्रमण अघिनै घर भित्रको समस्या हल गर्न आग्रह गरे ।
सिमांकनको विवाद सावधान गर्न निर्माण गरिने राजनीतिक संयन्त्रको सवैधानिक हैसियतबारेमा अध्यक्ष यादवले प्रश्न उठाएका छन् । ‘संयन्त्र बनाउने कुरा त ठिक छ तर त्यसको राजनीतिक तथा संवैधानिक हैसियत के हुने हो त्यो पहिला नै प्रष्ट हुनु पर्छ,’ उनले भने, ‘यी सवै कुरा नआइ अहिले नै धेरै सकारात्मक हुने अवस्था आइ सकेको छैन् ।’
राजनीतिक संयन्त्र सिमांकनको समस्या सामाधान गर्न निर्माण गर्ने कुरा सकारात्मक भएपनि कार्यविधि र क्षेत्राधिकार संवैधानिक रुपमा नतोकिँदा पछि संयन्त्रले काम गर्ने कुरामा समस्या आउन सक्ने यादवको भनाई छ ।
मोरङको रंगेलीमा आयोजित एक कार्यक्रममा भाग लिन जाने क्रममा आज विराटनगरमा सञ्चारकर्मीसंगको कुरा गर्दै यादवले सरकारले भारत भम्रण अघि नै संयन्त्रको कार्यविधि स्प्रष्ट रुपमा तोक्नु पर्ने वताए ।
यादवले आन्दोलन अहिलेपनि चलिरहेको दाबी गर्दै जितका लागि अन्तिम लडाइको तयारीको अवस्थामा आफूहरु रहेको बताए । ‘हामी फेरि अन्तिम लडाइका लागि आउँदै छौ,’ उनले भने, ‘त्यो लडाईले मधेसलाई न्याय दिलाउँछ ।’
Post a Comment