
मोरङ कारागारका जेलर दुर्गादत्त पौडेलका अनुसार २५० जनाको क्षमता रहेको मोरङ जिल्ला कारागारमा अहिले ७२५ कैदीबन्दीलाई राखिएको छ ।
कारागारमा क्षमताभन्दा बढी कैदी राखिएपछि उनीहरुलाई खान, सुत्न र शौचालय जानसमेत समस्या हुने गरेको छ । जेलर पौडेल भन्नुहुन्छ – “क्षमताको झन्डै तीनगुणा बढी कैदी भएकाले धेरै समस्या भएको छ ।” जेलर पौडेलले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराउँदासमेत समस्या समाधान हुन नसकेको बताउनुभयो ।
मोरङ कारागारका अनुसार सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका ७० प्रतिशत जबर्जस्ती करणी, लागुऔषधलगायतका गरेर अन्य २४ वटा मुद्दाका कैदीबन्दी मोरङ कारागारमा छन् ।
Post a Comment