Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

'स्वागत' शब्दमा भारतको 'रिजर्भेसन'

न्यु दिल्ली ,फाल्गुन १२ गते । नेपालको संविधानलाई भारतले स्पष्ट भाषामा स्वागत भन्ने शब्द राख्न नचाहेपछि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको अन्तिम दिन नेपाल र भारतले संयुक्त विज्ञप्ति जारी गर्ने/नगर्ने भन्ने अन्योल बढेको छ ।

eerrt

नेपालले संयुक्त विज्ञप्तिमा नेपालको संविधानको स्वागत भन्ने शब्द हाल्न खोजेको थियो । तर भारतले भने उक्त शब्दमा 'रिजर्भेसन' राखेपछि  संयुक्त विज्ञप्ति जारी हुने/नहुने अन्योल बढेको हो ।

भ्रमण दलमा रहेका एक सभासदका अनुसार नेपालले जसरी पनि  नेपालको संविधानको स्वागत भन्ने शब्द राख्न खोजेको छ ।

अहिले संयुक्त विज्ञप्तिको लागि नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको भारतीय कक्ष प्रमुख सह-सचिव प्रकाश सुवेदी र भारतीय तर्फबाट विदेश मन्त्रालयको नेपाल डेस्क सह-सचिव अभय ठाकुरबीच मुम्बइको हायत होटलमा संयुक्त बैठक चलिरहेको छ ।

नेपालका राजदूत दीपकुमार उपाध्याय र भारतीय राजदूत रनजित रे पनि हायत होटलमा नै छन् । प्रधानमन्त्री ओलीले नेपाल फर्कुनअघिसम्ममा संयुक्त विज्ञप्ति जारी गर्ने मंगलबार बताएका थिए ।

यसैगरी प्रधानमन्त्री ओलीले आज युनिलिभर लिमिटेड भ्रमण गर्ने भएका छन् । उनले मुम्बइमा रहेका व्यवसायी समुदायसँग पनि भेट गर्ने कार्यक्रम छ । उनले व्यवसायीलाई सम्बोधन गर्ने छन् ।

यस्तै नेपाली नायिका मनिषा कोइरालाको समन्वयमा बलिउड कलकारलाई पनि आजै भेट्ने कार्यक्रम छ ।

ओली आज ५ बजे नेपाल फर्कदैछन् ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget