
पर्यटन मन्त्री आनन्द पोखरलले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताए । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए ।
स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा घटनास्थलमा पुगेका छन् । बाँकी प्रहरी टोली त्यसतर्फ लागेको छ ।मन्त्री पोखरेलले भीम दलका गणपति अर्जुन बस्नेतलाई उद्धृत गर्दै बताए अनुसार जहाजमा रहेका २३ जनाकै मृत्यु भएको छ । मन्त्री पोखरेलले भने, 'जहाज पनि जलेको छ भने शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा छन् ।'
दुर्घटनास्थल बेनी-जोमसोम सडकखण्ड अन्तर्गत पर्ने रुप्से झरनाबाट ४/५ घण्टा उकालो लागेपछि मात्रै पुग्न सकिन्छ ।
Post a Comment