Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रचण्डको बुहारी पार्टी बैठकमै धुरु धुरु रोइन

कास्की, फाल्गुन १३ गते ‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् ।

7303prakash-dahal

प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् ।

तर पति प्रकाशले अखिल नेतृ बिना मगरलाई तेस्री पत्नी बनाएपछि उनी एक्लो छोरासहित केही वर्षदेखि माइतीमै बस्दै आएकी छन् । उक्त बैठकमा पूर्वसांसद दुर्गा विकले समेत भक्कानिँदै सिर्जनाको पक्षमा केही कुरा राखेकी थिइन ।

उनको भनाइ थियो –पार्टीमा हाम्रै साथीहरुमाथि यस्तो घोर अन्याय भएको छ भने हामीले न्याय खोज्न कहाँ जाने ? यो पार्टीमा लाग्नुपर्छ भनेर कसलाई सम्झाउने ? जनमोर्चाबाट माओवादी बन्न पुगेकी निर्मला सुवेदीको पनि यस्तै धारणा थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget