Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कुरुप विराटनगर, फोहरको डंगुर, पैदल हिँड्न सास्ती

विराटनगर, माघ २९ गते । विराटनगर उपमहानगरपालिका यतिखेर दिनदिनै कुरुप बन्दै गइरहेको छ । विराटनगरलाई सफा–सुन्दर नगरीका रुपमा विकास गर्ने हावादारी गफ हाँकेर तर मार्न खप्पिस नगरपालिकाका कर्मचारीका कारण नगरवासीले लगातार कष्ट व्यहोर्दै आएका छन् ।

[caption id="attachment_13740" align="alignnone" width="640"]12736956_937706869611451_1941026501_o photo: radio makalu[/caption]

स्थानीय जनप्रतिनिधि नहुँदाको पीडा अहिले विराटनगरवासीले व्यहोर्न बाध्य छन् । सडकमा पर्ने घरहरु भत्काइएको र त्यसको व्यवस्थापन हुन नसक्दा नगर कुरुप मात्र बनेको होइन कि दुर्गन्धित पनि बन्न पुगेको छ । लाजै नमानी हावादारी कलरजोनको योजना ल्याउने नगरपालिकाले हप्तौं दिनदेखि विराटनगरका नाला छेउमा थुपारिएको फोहरको व्यवस्थापन गर्न सकेको छैन ।

[caption id="attachment_13741" align="alignnone" width="640"]12722290_937706922944779_652538807_o photo : radio makalu[/caption]

फोहर व्यवस्थापन हुन नसक्दा सडकमा हिँड्न पनि खतरा भएको छ । नालीमा स्ल्याब नहुँदा सवारी तथा पैदलयात्री क्षण–क्षणमा दुर्घटनामा परेका छन् । सडक पेटीमा हिँड्नु भनेको ठूलो जोखिम मोल्नु भएको विराटनगर–६ का रुपेश भण्डारी बताउनु हुन्छ । विराटनगर मेनरोड, ट्राफिकचोकमा थुपारिएको नालीको फोहरले बाटो हिँडिसक्नु नभएको व्यापारीहरुको गुनासो छ । फोहरका कारण व्यापारमा समेत नोक्शानी पुगेको व्यापारीको भनाई छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget